Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सिमसार क्षेत्रका रूपमा विकास गरिँदै बाह्र बिघा पोखरी


१७, असोज २०८१
  • 286
    SHARES
  • सिमसार क्षेत्रका रूपमा विकास गरिँदै बाह्र बिघा पोखरी

    रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–४ मा रहेको बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गरिने भएको छ ।

    पोखरीको क्षेत्रफल १२ बिघा रहेकाले यसको नाम नै ‘बाह्र बिघा पोखरी’ राखिएको छ । उक्त पोखरीमा बाह्रै महिना पानी हुने र चराचुरुङ्गीको समेत बासस्थान रहेकाले बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिए पर्यटकको गन्तव्यस्थल बनाउन सकिने विश्वास गरिएको छ ।

    सैनामैना नगरपालिकाले उक्त पोखरी संरक्षण गरेर सैनामैनालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजना अनुसार सिमसार क्षेत्रको संरक्षणको पहल सुरु गरेको हो । बाह्र बिघा पोखरीलाई पर्यापर्यटनसँग जोड्ने गरी नगरपालिकाले बजेटसमेत विनियोजन गरी सफाइ अभियान सञ्चालन गरिसकेको छ ।

    जैविक विविधतासँग सम्बन्धित त्यस्ता पोखरीलाई संरक्षण गरी पर्यावरणीय क्षेत्रको प्रवर्धनमा समेत टेवा पुर्‍याउन सकिने सैनामैना नगरपालिकाको भनाइ छ । डिभिजन वन कार्यालयले समेत बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिने औँल्याउँदै केही दिनअघि वृक्षारोपणसमेत गरेको छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बाह्र बिघा पोखरीलाई सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिने हो भने यो स्थानलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने औँल्याउनुभयो । सैनामैना नगरपालिकाका प्रमुख फणीन्द्रप्रसाद शर्माले यो पोखरी जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण रहेकाले नगरपालिकाले संरक्षणको पहल सुरु गरेको बताउनुभयो ।

    यस पोखरीको छेउमा सारसको बथान देख्न सकिन्छ भने अरू दर्जनौँ प्रकारका चराको बासस्थान क्षेत्रसमेत छ । नगरपालिकाले कृषि र सिँचाइका लागि मात्र नभई पोखरीलाई भविष्यमा पर्यापर्यटनसँंग जोड्ने गरी पोखरी संरक्षणको काम अघि बढाएको नगरप्रमुख शर्माको भनाइ छ ।

    पोखरीमा स्थानीय जातका माछा पाइनुका साथै विकासे माछा राखेर गाउँलेले आम्दानीसमेत गर्दै आएका छन् । सैनामैना नगरपालिका–४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले यो पोखरी संरक्षण गर्ने हो भने सिमसार क्षेत्रका रूपमा विकास गर्न सकिने बताउनुभयो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend