Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

३२औं प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त


२०, असोज २०८१
  • 339
    SHARES
  • ३२औं प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

    राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

    नवनियुक्त प्रधानन्यायाधीश राउतले आज दिउँसो शपथ लिनेछन् । शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ ।

    अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

    राउत असोज १६ गते संसदीय समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका थिए । श्रेष्ठको आज सर्वोच्चबाट बिदाइ हुने । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले राउतलाई सर्वोच्चमा स्वागत गर्नेछिन् । राउत ०८२ चैत १६ गतेसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् । राउत सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीश हुन् ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend