Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले सचिव भट्टको टिप्पणीप्रति नेता रावलको आक्रोश


२०, असोज २०८१
  • 140
    SHARES
  • एमाले सचिव भट्टको टिप्पणीप्रति नेता रावलको आक्रोश

    काठमाडौँ । नेकपा (एमाले) सचिव लेखराज भट्टले समाचार माध्यममा भनेको कुरा असत्य र गलत भएको डा.भिम रावलले बताएका छन । उनले सत्य र सही कुरा भन्नै पर्ने उल्लेख गदैँ टिवटरमार्फत यस्तो बताएका छन ।

    २०८० साल वैशाख २१ गते बिहान विष्णु पौडेल, लेखराज भट्ट र कर्ण थापाजीहरू सँग मेरो झण्डै दुई घण्टा कुरा भएको थियो । त्यस क्रममा मैले भनेको थिएँ: तपाईंहरू कसैसँग मेरो व्यक्तिगत केही छैन । मेरा केही राजनीतिक, वैचारिक र विधिगत विषय छन् । यसबारे अध्यक्षसँग कुरा गरौं, त्यसपछि फेरी हामी बसेर कुरा गरौं । तपाईंहरू समय मिलाउनु होस् । उहाँहरूले हुन्छ भन्दै मलाई खवर गर्ने सहमति भयो ।

    तर विष्णुजीले २०८० साल साउन २८ गते मात्र फोन गरी ३० गते अध्यक्ष सँग कुरा गर्ने भन्ने भयो । दुई घण्टा कुरा भयो । फेरी कुरा गर्ने भन्ने भयो तर त्यो दिन अहिले सम्म आएन । तथ्य यही हो । तथ्यको उल्टो लेखराज भट्टजीले २०८१ असोज ११ गते नेपाल प्रेसमा तपाईहरूसँग मेरो केही छैन, अध्यक्षसँग हो मेरो भन्नुभयो । त्यसपछि के भन्ने ? पार्टीले जिम्मा दिएको थियो । यस्तो छ मेरो कुरा भनेपछि हामी अध्यक्षसँग लैजाने थियौं । उहाँले अध्यक्ष कहाँ भीम रावलले आफै गएर जिम्मेवारी र काम माग्नुपर्ने कुरा पनि गर्नुभएको रहेछ ।

    उहाँको कुरा कति असत्य र भ्रम सिर्जना गर्ने आशयबाट गरिएको छ भन्ने माथिको तथ्यले स्पष्ट गर्छ । जहाँसम्म मैले जिम्मेवारी र काम माग्न अध्यक्ष कहाँ जानुपर्छ भन्ने लेखराजजीको भनाइ छ, मैले को(अर्डिनेशनकालदेखि एमाले कालसम्म ५ दशक पार्टीमा काम गर्दा पार्टी प्रमुख कहाँ गएर जिम्मेवारी र काम माग्नु पर्ने परिपाटी थिएन । समस्या र अन्तरविरोध समाधान गर्न नेतृत्वले पहल गर्ने पद्धति थियो ।

    लेखराजजीले लामो समय काम गर्नुभएको माओवादीमा कस्तो पद्धति थियो र हाल उहाँ समेत रहनु भएको सचिवालयले कस्तो शैली र पद्धति अप्नाएको छ, उहाँले सार्वजनिक गर्नुभए मैले थाहा पाउने थिएँ । भ्रमको खेती गर्नुभन्दा नेतृत्वको कर्तव्य समस्या समाधान गर्ने हुनुपर्ने कम्युनिष्ट पार्टीको मान्यता हुनुका साथै लोकतान्त्रिक पद्धति पनि हो ।

    555a5818-ecf6-4452-8f67-036f7e264732.jfif

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend