काठमाडौं । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सरकारले खटाएको जिल्लामा जान नमान्ने कर्मचारी विरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन बाध्य भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री बस्नेतले सरुवा गरिएको स्थानमा नजाने अडान लिएपछि मन्त्रालयमा आफु आक्रामक रुपमा प्रस्तुत हुन बाध्य भएको बताए ।
मन्त्री बस्नेतले सरुवा गरिएको स्थानमा नजाने बरु मन्त्रालयमा झुण्डिएर मर्छु भनेपछि झुण्डिन आफु कहाँ पठाइदिन भनेको जिकिर गरे । उनले आफु कडा रुपमा प्रस्तुत भएपछि ती कर्मचारीले सरुवाको पत्र बुझेको र अहिले सरुवाका बिषयमा कुनै समस्या नदेखिएको दाबी गरे ।
मन्त्री बस्नेतले स्वास्थ्यकर्मीलाई दुर्गम स्थानमा पठाउने काममा कुनै अवरोध नगर्न मन्त्रीपरिषद्मा पनि भनेको भन्दै नतिजाका लागि केहि महिना कुर्न आग्रह गरे ।