Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सेवा नेपालको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन गैडाकोटमा सम्पन्न


२२, असोज २०८१
  • 142
    SHARES
  • सेवा नेपालको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन गैडाकोटमा सम्पन्न

    गैडाकोट । सामाजिक उद्ममी महिला संजाल नेपाल (सेवा नेपाल) को आ.व. २०८१ र ०८२ को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम असोज १३ र १४ गते नवलपुर—पुल्चोक, गैडाकोटमा औपचारिक रुपमा सम्पन्न भएको हो ।

    कार्यक्रम सेवा नेपालका अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षता तथा चितवनको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीको प्रमुख आतीथ्यतामा समुदघाटन गरिएको थियो । सभामा सस्थाका सहसचिव टीका अधिकारीले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन र चालु आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अप्सरा घिमिरेले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन, अनुमानित बजेटका बारेमा स्पष्ट पार्नुभएको थियो ।

    सेवा नेपालको दोस्रो अधिवेशनका विशिष्ट अतिथी एवं निर्वाचन समितिका संयोजक तथा हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेलको सयोजकत्वमा सर्वसम्मति मार्फत निर्वाचन सम्पन्न गरिएको थियो । अधिवेशनमा कार्यसमिति तथा प्रदेश स्तरीय संजाल समितिमा उपस्थित ६ वटा प्रदेशका १७० वटा सहकारी प्रतिनिधिहरुको भेलाले सर्वसम्मतिबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय प्रतिनिधी छनोट गरी पदाधिकारीहरु निर्वाचित गरेको थियो । सेवा नेपालका प्रमुख सल्लाहकार डा.महेन्द्रनाथ लोहनीले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नूभएको थियो । साथै असोज १४ गते हेफर इन्टरनेशनल नेपालका राष्ट्रीय निर्देशक डा.तीर्थराज रेग्मीबाट नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

    तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट नव निर्वाचित कार्यसमिति पदाधिकारीहरु ।
    १. टीका कुमारी अधिकारी, अध्यक्ष, कर्णाली प्रदेश, सुर्खेत
    २. पार्वती न्यौपाने, संस्थापक सदस्य, बाग्मती प्रदेश, चितवन
    ३. गोमा अधिकारी, उपाध्यक्ष, गण्डकी प्रदेश, कास्की
    ४. शैलजा घिमिरे पौडेल, सचिव, बाग्मती प्रदेश, चितवन
    ५. इन्दिरा वाग्ले, कोषाध्यक्ष, गण्डकी प्रदेश, तँनहु
    ६. तुल्सी थापा, सह—सचिव, लुम्बीनी प्रदेश, कपीलवस्तु
    ७. कल्पना रिमाल, सदस्य, बाग्मती प्रदेश, नुवाकोट
    ८. चन्द्रकला अधिकारी, सदस्य, कोशी प्रदेश, झापा
    ९. ईन्द्रा कुमारी भुसाल, सदस्य, लुम्बिनी प्रदेश, बर्दिया
    १०. शारदा रायमाझी, सदस्य, लुम्बिनी प्रदेश, पाल्पा
    ११. रेखा सुनार, सदस्य, लुम्बिनी प्रदेश, बाँके
    १२. चनवती श्रेष्ठ, सदस्य, मधेश प्रदेश, महोत्तरी

    ६ वटा प्रदेश संजाल समितिका नव निर्वाचित मुख्य पदाधिकारीहरु ।
    १. प्रमिला पण्डित, संयोजक—बाग्मती प्रदेश संजाल, आधारशिला सा.उ.म.सहकारी—धादिङ
    २. सन्तोषी गौली, संयोजक —गण्डकी प्रदेश संजाल, भागिरथि सा.उ.म.सहकारी—लमजुङ
    ३. शान्ता पोखरेल, संयोजक—लुम्बिनी प्रदेश संजाल, रेसुगां कृषि तथा पशु वि.सहकारी—गुल्मी
    ४. हिरा बूढा, संयोजक —कर्णाली प्रदेश संजाल, लाटीकोईली सा.उ.म.सहकारी—सुर्खेत
    ५. गिरिजा यादव, संयोजक — मधेश प्रदेश संजाल, समाधान सा.उ.म.सहकारी—सिरहा
    ६. गोमा कटुवाल, संयोजक — कोशी प्रदेश संजाल, सुरक्षा सा.उ.म.सहकारी— मोरङ461862632_122116771568473750_8418785114499362030_n.jpg

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend