काठमाडौं । के.डी फिल्मस् प्रा.लिले अन्तरजातीय प्रेम कथामा आधारित चलचित्र निर्माणको घोषणा गरेको छ । ‘श्रद्धा–सुमन’नामक प्रेम कथामा आधारित चलचित्रमा के.डी प्रशितको लेखन र निर्देशन रहने जनाईएको छ ।
चलचित्रमा दीपक अधिकारी,आकांक्षा तामाङ,कमलमणी नेपाल, सुवर्ण बस्ताकोटी, सुरविर पण्डित, विमल पौडेलको मुख्य भुमिका रहने निर्माण पक्षले जनाएको छ । त्यस्तै चलचित्रमा चिरञ्जिवी भण्डारीको संगीत, उत्सव दाहालको छायांकन रहनेछ । भदौको १५ गतेबाट सुरु गर्न लागिएको चलचित्रको छाँयाकन बन्दिपुर, चितवन, पोखरामा हुने निर्माण पक्षले जनाएको छ । साथै नेपाल बाहिर पनि यो फिल्मको छायांकन गर्ने तयारी गरिएको निर्माणपक्षले बताएको छ ।
अधिकांस नयाँ कलाकारहरुको अभिनय रहने चलचित्रमा एक ब्रम्हाण यूवक र एक तामाङ यूवतीको प्रेम कथामा समावेश गरिएको निर्देशक प्रशितले जानकारी दिए ।अमर सिंह खातीको निर्माणमा बन्न लागेको चलचित्रमा प्रस्तुतकर्ताका रुपमा सोनिया नेपाली र सुप्रिया सिंह खाती रहेका छन् ।