Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाले श्रम–डे मनायो 


५, कात्तिक २०८१
  • 134
    SHARES
  • परिवर्तन गाउँपालिकाले श्रम–डे मनायो 

    रोल्पा । परिवर्तन गाउँपालिकाले श्रम–डे मनाएको छ । परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मान“भन्ने मूल नारा सहित आइतबार श्रम–डे मनाएको हो ।

    परिवर्तन गाउँपालिका बासी, जनसमुदायहरु, कर्मचारी, शिक्षक, व्यापारी लगायतले आ-आफ्नो पायक पर्ने क्षेत्रमा एक दिन काम गरेर श्रम–डे गाउँपालिकाको अभियानलाई सफल बनाएको बताइएको छ ।

    वि.सं.२०७९ असोज २४ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार हरेक वर्षको एक दिन कार्तिक ४ गते श्रम–डे मनाउने गरिन्छ भने परिवर्तन गाउँपालिकाको आइतबारको श्रम–डे कार्यक्रम तेस्रो बर्षको रहेको छ ।

    गाउँपालिका,वडा र टोल विकास संस्था बीचमा छलफल गरेर टोल विकास संस्थामा के आवश्यकता छ त सडक मर्मत गर्नुपर्ने,घोरेटो बाटो निर्माण गर्ने,गोरेटो बाटो निर्माण गर्ने, खानेपानी मर्मत गर्नुपर्ने र छनोट र योजना चाहिँ टोल विकास संस्थाले गर्ने, वडा कार्यालयले त्यसको संयोजन गर्ने गरेर त्यहीँका टोल विकास संस्थामा जनप्रतिनिधिको नेतृत्वमा काम गर्ने गरिएको छ ।

    परिवर्तन गाउँपालिकाको ६ ओटै वडा भित्र विभिन्न सार्वजनिक स्थलमा सामुहिक कार्यहरू भएको बताइएको छ । धेरै ठाउँमा गोरेटो बाटो निर्माण गरेको देखिएको छ भने स्थानीय बजारमा समेत सरसफाइ गर्ने,मोटर बाटोको वरिपरि सरसफाइ गर्ने,स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको वरिपरि सरसफाइ गर्ने र वडा कार्यालय वरिपरि सरसफाइ गर्ने कार्य गरेको परिवर्तन गाउँपालिकाले जानकारी दिएको छ ।

    एक दिन सबैले आ-आफ्नो क्षेत्रमा श्रम गर्नुपर्छ भन्ने सोचले श्रम–डे कार्यक्रम ल्याइएको बताइएको छ । हामीले विगत दुई बर्ष देखि गाउँपालिकाको आयोजनामा श्रम–डे मनाउदै आएका छौँ र परिवर्तन गाउँपालिका-२ राङ्सी वडा कार्यालयको नेतृत्वमा पोखरा बजारको वरिपरि सरसफाइ गरी वातावरणीय सरसफाइ गरिएको परिवर्तन गाउँपालिका-२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले बताए ।

    हामीले गाउँपालिका बासी,वडाबासी जनसमुदायलाई एक दिन श्रम गर्न आग्रह गरेका थियौं,बेस्ट समयको बाबजुद पनि श्रम गर्न सबै जोडिएको मैले पाएको छु ,प्रवक्ता बुढा मगरले भने । फेरि थप्दै भने, हामीले चाहेको के हो भन्दा एक दिन हामीले आफ्नो घरको वरिपरि दैनिक केही न केही श्रम त पक्कै गर्छौं तर एक दिन सार्वजनिक क्षेत्रमा श्रम–डे गरेर सबैले आ-आफ्नो एक दिन यो सार्वजनिक क्षेत्रको लागि श्रम प्रदान गरेर केही श्रम संस्कारको विकास गरौं भनेर यो खालको स्थानीय गाउँपालिका सरकारले आयोजना गरेको हो ।

    गाउँपालिका भित्रका सबै जनसमुदायले प्रत्येक आ-आफ्नो गाउँ-ठाउँमा सार्वजनिक क्षेत्रमा श्रम गरेर श्रम–डे मनाएको र आगामी दिनमा पनि यो कार्यक्रमलाई हामीले निरन्तरता दिएर अगाडि बढाउने छौँ, बुढा मगरले भने । श्रम गर्ने अवस्था पञ्चायतमा पनि भएको र पहिले श्रमदान बाट धेरै काम हुने गरेको  परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए ।

    हामीले बुझ्दा पहिले विद्यालय,बाटो,पुल पुलेसा,पाटीपौवा,सार्वजनिक भवन,सार्वजनिक स्थल तथा क्षेत्र सबै श्रमबाट निर्माण हुन्थ्यो तर अहिले सबै आर्थिकबाट गर्नुपर्छ भन्ने बुझाई छ, बुढा मगरले भने । फेरि थप्दै भने, उदाहरणका लागि हेर्ने हो भने घोराही देखि सुरु भएको बाटो शहिदमार्ग पनि श्रमदानबाटै सडक सुरु भएको हो,सबैलाई थाहा भएको कुरा हो अर्को कुरा अहिले धेरै देशहरू श्रम गरेर विकास निर्माण,अर्थतन्त्र र हरेक हिसाबले अगाडि बढेको छ ।

    यतिमात्र होइन धेरै कामहरु श्रमबाट बनेका छन् तर गाउँ ठाउँमा अहिले श्रम गर्न आउनुहोस् भनेपछि कोही नआउने अवस्था छ,श्रम नगर्ने संस्कारको कारण र सबै कार्यहरू आर्थिकबाट गर्नुपर्छ भन्ने सोचाइको कारण पछिल्लो समय यो अवस्था आएको छ, बुढा मगरले भने ।

    हामी सबैले श्रम गर्नुपर्छ र श्रम गर्ने बानीको संस्कार विकास गर्नुपर्छ भएकोले बर्षको एक दिन श्रम-डे भनेर कार्यक्रम राखिएको हो, उनले भने, श्रम-डे कार्यक्रमले परिवर्तन गाउँपालिका बासी तथा जनसमुदायलाई सबैले श्रम गर्नुपर्छ र श्रमबाट काम गर्न प्रेरित गर्ने लक्ष्य लिएको देखिन्छ ।fe17ac51-4b94-4cd0-9f0c-7f8c1b1aa278.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend