Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई बयानका लागि पोखराबाट रुपन्देही लगियो


५, कात्तिक २०८१
  • 173
    SHARES
  • सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई बयानका लागि पोखराबाट रुपन्देही लगियो

    काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डीआइजी तथा गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक छविलाल जोशीलाई रुपन्देही लगिएको छ ।

    जोशीलाई सोमबार बयानका लागि पोखराबाट रुपन्देहीको बुटवल लगिएको हो । बुटवलमा बयान सकिएपछि फेरि कास्की फर्काइने प्रहरीले जनाएको छ ।

    जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

    सहकारी ठगीको आरोपमा छविका पूर्व व्यापारिक साझेदार तथा रास्वपाका सभापति रवि लामिछाने पनि शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा छन् ।

    सूर्यदर्शन सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालतले अनुमति दिएको छ ।

     

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend