Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

औषधी पसलमा सिद्धार्थनगरको अनुगमन


८, कात्तिक २०८१
  • 172
    SHARES
  • औषधी पसलमा सिद्धार्थनगरको अनुगमन

    भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधी पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ ।

    नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडिकलहलहरुमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा अधिकांश औषधी पसलहरु नगरपालिकामा नवीकरण नगरिएको पाईएको थियो ।

    त्यस्ता पसलहरुलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिईएको र अटेर गरेमा थप कार्वाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिईन् । त्यस्तै म्याद गुज्रीएका औषधीहरु छुट्टै राख्नुु पर्ने, ल्यावहरुको सफाईमा ध्यान दिनुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्य रुपमा बिल काट्नु पर्ने लायतका सुुझावहरु दिईएको नगरपालिकाकी स्वास्थ्य साखा प्रमुख गिता न्यौपानेले बताईन् । उनले नगरपालिकाले नियमित अनुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए नभएको समेत हेर्ने बताईन् ।

    नगर उपप्रमुख अधिकारी, बडा नं ५ का बडा अध्यक्ष पुुरन प्रशाद श्रेष्ठ, बडा नं १३ का बडा अध्यक्ष सोमबहादुुर गुुरुङ्ख, नेपाल औषधी ब्यवसायी सङघ जिल्ला साखा रुपन्देहीका सदस्य उमेस चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजश्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, शिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, बिराट मेडिकल, एभरेस्ट फार्मेसी, अर्घा मेडिकल्हल, सेन्ट्रल फार्मेसी, बुद्द एक्सरे, साही अल्ट्रासौन्ड, शारदा अल्ट्रासाउण्ड, ओअ प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।

    अनुमनका क्रममा बिगतका तुुलनामा सुुधार देखीए पनि अझ धेरै सुधार गर्नुपर्ने देखिएको थियो । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend