Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फ्राईडे रिलिज : देशभरका हलमा ‘सानो संसार’ 


९, कात्तिक २०८१
  • 169
    SHARES
  • फ्राईडे रिलिज : देशभरका हलमा ‘सानो संसार’ 

    काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘सानो संसार’ पुनः रिलिज भएको छ ।

    यसअघि गत असोज ११ गते प्रदर्शनमा आएको फिल्म बाढी पहिरोका कारण रिलिजको ३ दिनमै प्रदर्शन स्थगित गरिएको थियो ।

    त्यतिबेला फिल्म ‘आँखा’ जुधेको यो फिल्म अहिले भने सिंगल रिलिज भएको हो । यद्यपि देशभरका हल भने यसले पाएको छैन । किनभने फूलपातीमा रिलिज भएका ३ फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले अझै धेरै स्टेशन ओगटेर बसेका छन् ।

    ‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाई र संघर्ष मर्मस्पर्शी रुपमा उठाएको फिल्म हो । दुई पटक प्रिमियर भएको फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

    सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।

    निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को निर्माता अर्जुन कुमार हुन् भने कार्यकारी निर्मातामा माधव वाग्ले रहेका छन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend