Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विकासको पहिलो शुत्र सुशासन होः सांसद सुरल पुन


३१, वैशाख २०८०
  • 174
    SHARES
  • विकासको पहिलो शुत्र सुशासन होः सांसद सुरल पुन

    रुकुम । लुम्बिनी प्रदेश सभा सदस्य सुरल पुनले भौगोलिक विकटताको विकास गर्न सोचेअनुरुप नसकेको बताएका छन् । पूर्वी रुकुमको रुकुमकोटमा आइतबार लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पुनले विकासको काममा तीनै तह सरकारले समन्वय गर्नुपर्ने आवश्यक्ता औल्याए ।  उनले जिल्लाको समग्र विकासमा समन्वयकारी भूमिका निभाउनुपर्ने भन्दै, अनियमिता गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड समेत दिए  ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठले कर्मचारी  र स्रोतसाधन अभावका कारण आफुहरुलाई काम गर्न निकै समस्या भएको बताए । उनले ग्रामिण एवं पहाडी जिल्लका दुर्गम बस्तीका नागरिकहरुमा शिक्षाको पहुँच नपुग्दा संघीयताले सोचे जस्तो परिमाण दिन नसकेको जिकिर गरे ।

    जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले सेवाग्राहीलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न सेवामुखी कार्यालयहरुलाई आग्रह गरे । उनले समग्र जिल्लामा सुशासन कायम राख्न सबै निकायहरुलाई सहज र सचेत भई अगाडि बढ्नुपर्ने सुझाए दिए  ।
    त्यस्तै पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराम घर्ती मगरले पालिकाका वडाहरुमा कुनै सचिव नहुदाँ सेवा प्रवाहमा समस्या आएको जनाउँदै तीनै तहका सरकार बीच तालमेल नहुँदा विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती भएको गुनासो गरे । 

    सिस्ने गाउँपालिकाका पूर्व अध्यक्ष कुमारी बरालले कर्मचारीहरु व्यवस्थापनमा पालिका अध्यक्ष नै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले कर्मचारी अभाव हुनु भौगोलिक विकटता र अर्को तिर सरकारले कडाईका साथ तोकिएको ठाउँमा जान बाध्य गराउनु नसक्नु भएको उल्लेख गरे । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वीका प्रमुख अन्जना श्रेष्ठले अपराधका घटनाहरु न्यूनिकरणका लागी ४ सय भन्दाबढी सचेतनामुलक कार्यक्रमहरु आयोजना गरेका बताउँदै चेकजाँचका क्रममा १ सय २ वटा भन्दा अवैध हातहतियारहरु बरामद गर्नुका साथै अफिम खेती नष्ट बताईन्।

    कार्यक्रममा सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले, भुमे गाउँपालिका उपाध्यक्ष सविना बुढा मगर, कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख नरेन्द्र बुढा मगर, राष्टिय अनुसन्धानका प्रमुख चिरञ्जीवी बुढा मगर, सशस्त्र प्रहरी बल कार्यालयका निमित्त शक्ति कुमार बुढाथोकी, पत्रकार महासंघ रुकुम पूर्वका उपाध्यक्ष सर्जना कार्की, नेपाल टेलिकम प्रमुख रुकुमका प्रमुख झुपलाल ओली लगायत जिल्लामा क्रियाशिल विभिन्न सरकारी, गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, क्रियाशिल पत्रकार लगायतले भनाई राखेका थिए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend