Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिक प्रहरीको कदम विरुद्धको रिटमा सर्वोच्चले माग्यो कारण


११, कात्तिक २०८१
  • 250
    SHARES
  • लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिक प्रहरीको कदम विरुद्धको रिटमा सर्वोच्चले माग्यो कारण

    काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

    अधिवक्ता विवेक चौधरीले दायर गरेमा पहिलो सुनूवाई गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लूबुक) गैर कानुनी रूपमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको भन्दै  कात्तिक ७ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

    न्यायाधीश डा.नहकुल सुवेदीको इजलासले कात्तिक ८ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ माग गरेको हो । प्रचलित कानुनअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अन्तर्गत ट्राफिक प्रहरीलाई जरिवाना गर्ने अधिकार मात्र दिइएको तर चालक अनुमति पत्र वा सवारी धनी प्रमाणपत्र नियन्त्रणमा लिने अधिकार नभए पनि लिने अभ्यास रहेकाले उक्त कार्यमा रोक लगाउनुपर्ने मागदावी रिटमा गरिएको छ ।

    कानुनले नदिएको अधिकार प्रयोग गर्न ट्राफिक प्रहरीले नसक्ने र गैर कानुनी रूपमा कुनै व्यक्तिको सम्पत्तिको रूपमा रहेको सवारी चालक अनुमति पत्र र ब्लुबुक नियन्त्रणमा लिनु असंवैधानिक कार्य भएको दाबी रिटमा गरिएको थियो । सर्वोच्चले अन्तरिम आदेश जारी भने नहुने भनेको छ ।

    सर्वोच्चले अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम निर्णय हुँदा व्याख्या गर्नुपर्ने विषय देखिएको ठहर सर्वोच्चले गरेको छ । सर्वोच्चले विपक्षी नेपाल सरकार लगायतका निकायको लिखित जवाफ पेस भएपछि पेसीमा चढाउन सर्वोच्चले भनेको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend