Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलमा देउसी भैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


१४, कात्तिक २०८१
  • 163
    SHARES
  • बुटवलमा देउसी भैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    बुटवल । नेपाल मगर युवा संघ जिल्ला समन्वय समिति रूपन्देहीद्वारा नेपालीहरूकाे दाेस्राे ठूलो चाड बलिहाङ तिहारकाे अवसरमा मंगलबार बुटवलमा देउसी भैलाे तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरले कुनै पनि चाडपर्वहरू धर्म र समुदायसँग सम्बन्धित हुने भन्दै कुन चाडपर्व कुन धर्म समुदाय कुन जात जातीसँग सम्बन्धित छ भन्ने बिषयमा युवाहरूले अध्ययन अनुसन्धान गर्नुपर्नेमा जाेड दिए ।

    मगर समुदायको बारेमा लिखित इतिहास नभएका कारण चाडपर्वको बिषयमा मगर समुदाय अन्याैलमा रहेको भन्दै उनलेे मगर संघले मगरात सभ्यता,मगर दर्शन तयार गर्ने काम जारीराख्नुका साथै मगर युवाहरूलाई लाेकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएको बताए ।

    मगर युवाहरूमा औपचारिक शिक्षाका अलावा राजनीतिक चेतना जगाउन जरुरी रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बिरकट्टा मगरले राजनीतिक चेतनाबिना नेतृत्व लिन नसकिने र नेतृत्वमा नगइकन समाज रूपान्तरण गर्न नसकिने धारणा राखे ।

    उनलेे युवाहरू संगठित भएर यहीँ स्वराेजगार बन्ने काममा लाग्नुपर्नेमा जाेड दिदै उनलेे आफ्नो हक,अधिकार, भाषा,संस्कार र संस्कृतिको संरक्षणका लागि युवाहरूमा ब्यवसायीक र राजनीतिक जागरण ल्याउने कार्यमा लाग्न मगर युवा संघलाई आग्रह गरे ।

    संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेकाे गठबन्धन सरकार बनेको भन्दै उनलेे संविधान संशोधनका नाउँमा समानुपातिक समावेशी प्रणाली खारेज गर्नसक्ने तर्फ आदिवासीजनजातिहरू सचेत हुनुपर्ने आवश्यकता औल्याए ।

    नेपाल मगर युवा संघका केन्द्रीय महासचिव रामबहादुर अस्लामी मगरले अर्बाै रकम खर्च गरेर ल्याइएको संविधानमा पनि मगरहरूकाे भाषा,संस्कृति र पहिचानको बारेमा सम्बाेधन नभएको भन्दै संसदमा प्रतिनिधित्व गर्ने मगर सांसदहरूले मगर समुदायको हक अधिकार,भाषा,संस्कार र संस्कृति संरक्षण बारे आवाज उठाउन जरुरी रहेको बताए ।

    विश्वयुद्ध सहित बिभिन्न कालखण्डमा मगरहरू अरूको लागि लड्दै आएको स्मरण गर्दै महासचिव अस्लामीले मगरहरू अब आफ्नो लागि लड्नुपर्ने बेला आएको उल्लेख गरे ।

    विश्वका अन्य मुलुकमा सरकार सञ्चालन गर्ने नेतृत्व परिवर्तन भए पनि नेपालमा बिगत ३० बर्षयता सिमित पार्टीका सिमित नेताहरूकाे नेतृत्वमा सरकार बनेको भन्दै उनलेे २०८४सम्म पुरानै नेतृत्वबाट सरकार चलाउने तयारी भएको प्रति असन्तुष्टि जनाए ।

    पुराना नेताहरू बाट नयाँ नेपालकाे परिकल्पना गर्न नसकिने भन्दै उनलेे २०८४ काे चुनावमा नेतृत्व परिवर्तन गर्न अहिल्यैदेखि लाग्नुपर्नेमा जाेड दिए ।

    नेपाल मगर युवा संघ रूपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मगर युवा संघका केन्द्रीय सदस्य डिबि थापा मगर,नेपाल मगर संघ लुम्बिनीका भाषिक उपाध्यक्ष आनबहादुर साेती,नेपाल मगर संघ रूपन्देहीका अध्यक्ष प्रेम थापा,नेपाल मगर संघ बुटवल नगर अध्यक्ष बशन्ती साठिघरे मगर,नेपाल मगर महिला संघ रूपन्देही अध्यक्ष निर्मला थापा,नेपाल मगर युवा संघ सैनामैनाका अध्यक्ष टीका राना मगर,संघका जिल्ला उपाध्यक्ष पहलसि राना मगर,सचिव खेम आलेलगायतले बलिहाङ तिहार र मगर समुदायको चाडपर्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

    कार्यक्रममा नेपाल मगर युवा संघ, केन्द्रीय समितिको सदस्य पदमा मनोनित हुनु भएका डिबी थापा मगरलाई खादा द्वारा सम्मान र प्रेमबहादुर गलामी मगरलाई फादर अफ युथ सम्मानबाट सम्मानित गरिएको थियो भने देउसी भैलाे गित र नृत्यहरू प्रदर्शन गरिएको थियो ।

    Messenger_creation_50163D63-FC79-4312-A11E-B62FEB918388.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend