Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आलोचनापछि प्रकाश सपुतले मागे माफी


२५, कात्तिक २०८१
  • 224
    SHARES
  • आलोचनापछि प्रकाश सपुतले मागे माफी

    काठमाडौँ । पूर्णबहादुरको सारङ्गी चलचित्रले यतिबेला बक्स अफिसमा धमाका मच्चाइरहेको छ । चलचित्रले एकपछि अर्को रेकर्ड तोडिरहेको छ ।

    यसैबिच चलचित्रमा अभिनय गरेका प्रकाश सपुत भने दर्शकको आलोचनाको केन्द्रमा रहेका छन् । चलचित्र रिलिज हुनुअघि निर्माण पक्ष र सपुतबिचको विवाद छताछुल्ल भएको थियो ।

    विवादकै कारण सपुत चलचित्रको प्रचारमा सहभागी भएनन् । दुई दिनअघि भने सपुतले चलचित्रको अंश हुन पाएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका थिए । जसमा धेरैले उनको आलोचना गरेका छन् ।

    आलोचनापछि सपुतले माफी माग्दै नयाँ पोस्ट गरेका छन् । उनले यस विषयमा प्रस्ट पार्दै सम्झौता अनुसार नभएपछि केही समय आफ्नो अडान लिएको स्वीकार गरेका छन् ।

    ‘तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ,’ उनले लेखेका छन्, ‘१२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ ।’

    यस्तो छ उनको भनाई 
    नमस्कार सबैमा  
    ए, म त हेर्नै भ्याएको थिएन । धेरैले गाली र  गुनासो गर्नु भएको पो रहेछ  । पहिला सहयोग गरेन भनेर । म त काम गर्ने मान्छे हु । चलचित्र रिलिज हुँदाको दिनमा  पनि काम मै थिए है । मैले आफ्नो धर्म छोडेको छैन ।

    एउटा स्वाभिमान सबैमा हुन पर्छ । त्यो म मा पनि छ । तपाईँहरूमा पनि होला । सम्झौता अनुसार नभएपछि मैले केही समय आफ्नो अडान लिएकै हो तर कहिलेकाहीँ स्वाभिमानी भन्दा बढी व्यवहारिक भएर सोच्न पर्ने रैछ ।

    मैले त्यही सोचे र रिलिजको लागि मनै देखि लागी परे । त्यो कुरा यस चलचित्रका निर्माता, निर्देशक र सबै टिमलाई थाहा छ । कुनै दिन मौका मिलेछ भने तपाईँहरूलाई पनि सेयर गरौला । अहिलेलाई चलचित्रको सफलता नै सेयर गरौँ है । तपाईँहरूलाई फिल्म हेरे पछि खतरा लाग्यो, मेरो प्रोफाइल चेक गर्नु त मलाई त त्यति खेरै खतरा लागेर सुटिङ सकेकै दिन सेयर गरेको थिए, “पूर्ण बहादुरको सारङ्गी जस्तो कथा बनिरहुन्, मौलिक सारङ्गीको धुन गुन्जिरहुन् र त्यसमा म जोडिन पाइराखौँ ।”

    ठिक छ, १२ वर्षको कलाकारितामा मेरो व्यक्तिगत कर्म  अलि अपजसी र अभागी भए पनि मेरो पेसागत कर्मलाई तपाईँहरूले भाग्यमानी प्रमाणित गरिदिनु भएको छ । हेर्नु त परदेशी २ बाट पोहोर त हो नि फिल्म मा आको, यो वर्ष नै ब्लकबस्टर फिल्म खेल्न पाए । उम्दा अभिनेता विजय बराल, मुकुन भुसाल जस्ता कलाकारसँग स्क्रिन सेयर गर्न पाए । आफ्नै निर्देशनमा “वसन्त” बनाउने आट गरेको छु । अर्को चलचित्र आदरणीय हरिवंश आचार्यसँग गर्दैछु । कस्तो लक्की हैन त । हुन त लाइफमा  दुः ख पनि गरेको छु है फेरि १ जे होस म सधैँ ऋणि छु तपाईँहरू प्रति ।

    जानी नजानी मन दुखाएकोमा माफी चाहन्छु । कमजोरीहरू सुधार्दै जाउला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तता भन्दा पनि एउटा राम्रो विचार र व्यवहार सहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस् तर राम्रो ऊर्जा पनि दिनुस् न है ।

    म कला मार्फत थुप्रै कुरा भन्न सक्छु, समाजलाई सुसूचित र राज्यलाई प्रश्न गर्न सक्छु । तपाईँहरूलाई निरन्तर मनोरञ्जन गर्न सक्छु ! यति आत्मविश्वास छ । मलाई थप निरुत्साहित नगर्नुस् है । मलाई अलि पर सम्म पुग्नुछ, केही समय नरोक्नुस् है ! प्लिज

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend