काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् ।
आज (आइतबार) राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेयको नाम संसदीय सुनुवाइ समितिले गत शुक्रबार सर्वसम्मत अनुमोदन गरेको थियो । यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको र निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए ।