Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले नेता अधिकारी सांसद पदबाट निलम्बित


२६, कात्तिक २०८१
  • 187
    SHARES
  • एमाले नेता अधिकारी सांसद पदबाट निलम्बित

    काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी सांसद पदबाट निलम्बित भएका छन् ।

    एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै कोशी प्रदेश सभाले सूचना टाँस गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएको हो । एमाले नेता अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।

    निवर्तमान मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरुलाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको आरोप छ । मन्त्री अधिकारीसहित तीन जना युवालाई जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो ।

    निवर्तमान मन्त्री अधिकारीसँग जापान गएका ३ जना युवासहित ६ जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो ।

    प्रहरीसँगको बयानमा उनीहरुले आफूहरुले १० लाखदेखि १३ लाख रुपैयाँसम्म तिरेर तत्कालीन मन्त्री अधिकारीसँग जापान गएको बताएको प्रहरीको भनाइ छ ।

    निवर्तमान मन्त्री अधिकारीलाई अनुसन्धानको दायरा बाहिर राखेको भनी चौतर्फी आलोचना सुरुभएसँगै उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएर जहाजमार्फत काठमाडौं ल्याएको थियो ।

    अहिले उनी प्रहरी हिरासतमा छन् । उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतले अनुमतिसमेत दिइसकेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend