Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महानायक राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त


२६, कात्तिक २०८१
  • 241
    SHARES
  • महानायक राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त

    काठमाडौँ । महानायक राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

    नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रूपमा सार्वजनिक गरेको हो ।

    नेपाली चलचित्रका महानायकका रूपमा परिचित हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।

    सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झौताको रकम भने खुलाइएको छैन । ब्राण्ड एम्बास्डर बनेपछि हमालले एकदम खुशी भएको बताएका छन् ।

    ‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थापनलाई धन्यवाद ।’

    उनले रोहित पौडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए । मार्की प्लेअर रोहित पौडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए ।

    ‘राजेश हमाल लुम्बिनी लायन्सको मात्र नभएर समग्र देशकै एम्बासडर हुनुहुन्छ । टिमले एकदमै राम्रो सपोर्ट गरेको छ,’ उनले भने, ‘अब पालो हाम्रो हो ।’

    कन्सलट्याण्ट प्रशिक्षक शक्ति गौचनले पनि सिनेमा जगतका महानायक राजेश हमाल लुम्बिनी टिममा जोडिँदा खुसी व्यक्त गरे ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend