Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्षपछि चहलपहल बढ्यो


२६, कात्तिक २०८१
  • 166
    SHARES
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्षपछि चहलपहल बढ्यो

    भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती भएसँगै भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ ।

    यसअघि यात्रु नपाउने लगायतका समस्या देखाएर भैरहवाबाट उडान नगरेका वायु सेवा कम्पनीहरूले नियमित तालिका बनाएर उडान गर्न थालेका छन् ।

    चार वटा कम्पनीले नियमित उडान शुरू गरिसकेका र मंगलबारदेखि कतार अरवेजले पनि उडान शुरू गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अहिले थाई एअर एशिया, नेपाल वायु सेवा निगम, जजिरा एयरवेज र फ्लाई दुबईले नियमित उडान शुरू गरिसकेका छन् ।

    भैरहवा विमानस्थल अहिले १८ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलमा एक घण्टामा दुई वटा अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता छ । विश्वका ठूला एयरलाइन्सले नियमित उडान थाल्नु भनेको भैरहवा विमानस्थाल विश्व एरोनटिकल कम्युनिटीको पहिचानमा पर्नु रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो ।

    यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद पक्ष रहेको बताउनुभयो । भैरहवामा उडान शुरू भएपछि विकल्प र प्रतिस्पर्धा दुवै भएर अहिले बढेको हवाई भाडा पनि घट्ने उहाँको भनाइ छ ।

    २०७९ साल जेठदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालै कुवेतको जजिरा एअरवेजले उडान थालेको थियो । जजिरासँगै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि केही समय उडान गरे पनि केही समयमै उडान रोकेका थिए ।

    अहिले त्रिभुवन विमानस्थलको उडान कटौती भएका बेला मात्र नभई नियमित सञ्चालनका लागि वातावरण बनाउनुपर्ने व्यवसायीहरू बताउँछन् । भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित हुँदा लुम्बिनीसँगै कर्णाली, सूदूरपश्चिम र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुनेछ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend