Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजदेखि भैरहवाबाट दैनिक उडान गर्दै कतार एयरवेज


२७, कात्तिक २०८१
  • 238
    SHARES
  • आजदेखि भैरहवाबाट दैनिक उडान गर्दै कतार एयरवेज

    भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान गर्ने भएको छ।

    कतार एयरवेजको उडानसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या ५ पुग्नेछ।

    भैरहवा विमानस्थलबाट कतार एयरवेजले मंगलबारदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

    दोहाबाट उडान भर्ने एयरवेजको विमान प्रत्येक दिन अपराह्न २ः४५ बजे भैरहवामा अवतरण गरेर यहाँबाट अपराह्न ४ः४५ बजे काठमाडौं हुँदै दोहा प्रस्थान गर्ने तालिका छ।

    कतार एयरवेजले काठमाडौंबाट दैनिक चार उडान गर्दै आएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मतसम्भार सुरु भएको कारण दुई उडान कटौती भएपछि एयरवेजले भैरहवालाई ट्रान्जिट बनाएर दैनिक एक उडान सुरु गर्ने भएको छ।

    एयरवेजले मंसिर १५ गतेसम्म उक्त रुटमा दैनिक एक उडान गर्ने गरी प्राधिकरणमा जाडोयामको तालिका पेस गरेको थियो। आइतबार प्राधिकरणले स्वीकृत गरेसँगै एयरवेजको भैरहवाबाट उडान गर्ने बाटो खुलेको हो।

    उनका अनुसार मंसिर १५ गतेसम्मका लागि पेस गरेको तालिका स्वीकृत भएकाले एयरवेजले १९ वटा उडान गर्ने अनुमति पाएको छ।

    एयरवेजले मंसिर १५ गतेसम्म मात्र अनुमति मागे पनि क्रमशः एयरवेजले नियमित उडान गर्ने प्राधिकरणको अपेक्षा छ।

    भैरहवा विमानस्थलबाट गत शुक्रबारदेखि थाई एयर एसिया सातामा दुईवटा र शनिबारदेखि नेपाल एयरलाइन्स सातमा चार वटा, फ्लाई दुबईले दैनिक एउटा र जजिरा एयरवेजले सातामा तीनवटा नियमित उडान थालिसकेका छन्।

     

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend