Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

४७ वर्षको उमेरमा न्याय सेवाको शाखा अधिकृत बनेका हिमबहादुरको प्रेरणादायी निजामती यात्रा


७, मंसिर २०८१
  • 176
    SHARES
  • ४७ वर्षको उमेरमा न्याय सेवाको शाखा अधिकृत बनेका हिमबहादुरको प्रेरणादायी निजामती यात्रा

    काठमाडौँ । बुढेसकालमा अध्ययन सुरु गर्ने वा उमेर छँदा पढ्ने अवसर नपाएका व्यक्तिहरूले पढाइलाई फेरि निरन्तरता दिने परिपाटी अहिले सामान्य भएको छ । गोरखाका हिम बहादुर विक पनि त्यस्तै संघर्षशील पात्र हुन् ।

    कठिन संघर्षको कथा

    “संघर्ष जति कठिन हुन्छ, सफलता उति नै सानदार हुन्छ,” हिम बहादुर भन्छन् । जीवनमा ठुला उपलब्धिका लागि कठिन परिस्थितिसँग जुध्नुपर्छ भन्ने उनको विश्वास हो । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकामा जन्मिएका उनी आफ्नो मेहनत र दृढता मार्फत ४७ वर्षको उमेरमा न्याय सेवाको शाखा अधिकृत बन्न सफल भए ।

    परिवार, साथीभाइ र अग्रजहरूको प्रेरणाले हिम बहादुरको यात्रा सहज भएको हो । बाल्यकालमै अध्ययनमा निकै लगनशील उनले पढाइलाई निरन्तरता दिन कहिल्यै पछि हटेनन् । 

    निजामती सेवाको यात्रा
    २०३३ साल चैत २६ गते गोरखामा जन्मेका हिम बहादुर विक भक्तबहादुर विक र अमृता विकका १० सन्तानमध्येका जेठा हुन् । उनले २०५० सालमा धादिङको तिरपुरा सुन्दरी माध्यमिक विद्यालयबाट एसएलसी पास गरे । त्यसपछि महेन्द्ररत्न क्याम्पस, ताहाचलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे ।

    २०५४ देखि २०६० सम्म उनले चितवन, गोरखा र धादिङका विद्यालयहरूमा विज्ञान विषयका शिक्षकका रूपमा अध्यापन गरे। अध्यापनकै क्रममा सहकर्मीहरूले निजामती सेवामा प्रवेश गर्न सल्लाह दिए ।

    २०६९ सालमा उनले खरिदार पदमा नाम निकाल्दै निजामती सेवामा प्रवेश गरे । सुरुमा धादिङ जिल्लाका विभिन्न गाविसमा सचिवका रूपमा काम गरेका उनले पछि नायब सुब्बाका रूपमा जिल्ला प्रशासन कार्यालय, धादिङमा सेवा गरे। यसै क्रममा उनले ल क्याम्पसमा भर्ना भई कानुनमा स्नातक गर्न थाले ।

    २०८१ सालमा लामो संघर्षपछि उनी न्याय सेवाको शाखा अधिकृत बन्न सफल भए ।

    परिवार र अध्ययनको निरन्तरता
    हिम बहादुरका एक छोरा र एक छोरी छन् । छोरा चितवन मेडिकल कलेजमा एमबिबिएसको पाँचौँ वर्षमा अध्ययनरत छन् भने छोरी पनि चिकित्सा क्षेत्रमा अध्ययनरत छिन् । उनकी श्रीमती काठमाडौँको एक निजी विद्यालयमा शिक्षिका हुन् । सहपाठी विद्यानन्द सुवेदी र प्रेमनाथ खनियाको प्रेरणाले उनलाई निजामती सेवामा प्रवेश गर्न थप हौसला मिल्यो ।

    “सिकाइ अनन्त प्रक्रिया हो,” हिम बहादुर भन्छन् । उमेरले प्रतिस्पर्धामा केही कठिनाइ ल्याए पनि अनुभव र सीपले उनलाई सहयोग गरेको छ । अध्ययनलाई निरन्तरता दिए असफलता टाढा रहन्छ भन्ने उनको विश्वास छ ।

    न्याय सेवामा भोगिएका चुनौती
    विज्ञान विषयमा लामो समय अध्यापन गरेकाले कानुनका नयाँ पक्षहरू बुझ्न केही कठिनाइ भएको उनले बताए । तर, जिल्ला प्रशासन कार्यालय, धादिङमा मुद्दा शाखामा काम गर्दा कानुन सम्बन्धी ज्ञान हासिल गर्न सहयोग भएको उनको भनाई छ । सहकर्मीहरूको प्रेरणाले पनि उनलाई न्याय सेवामा अघि बढ्न सहज बनायो । 

    प्रशासन सेवामा खरिदार पदबाट सुरु गरेका हिम बहादुरले गाविस सचिवका रूपमा विविध मन्त्रालयका कामको अनुभव बटुले । बजेट निर्माण र कार्यान्वयनदेखि नागरिकता वितरण र पासपोर्ट बनाउने प्रक्रियामा सहभागी हुँदा उनले प्रशस्त ज्ञान र सीप हासिल गरे ।

    उनले भने, “प्रशासन सेवाको कामले न्याय सेवामा प्रवेश गर्न मलाई सहज बनायो ।” खरिदार र सुब्बा पदमा काम गर्दा प्राप्त अनुभवले उनलाई न्याय सेवामा सशक्त बनाए । हिम बहादुरले न्याय सेवामा सुधार ल्याउन आफू कटिबद्ध रहेको बताए । “देशको कानुन र संविधान राम्रो भए पनि यसको कार्यान्वयनमा केही कमी देखिन्छ,” उनले भने ।

    उनले सेवाग्राही र कर्मचारीबीचको व्यवहार सुधार्नुपर्ने आवश्यकता रहेको बताए । शाखा अधिकृत पदमा सिफारिस भएपछि उनले लिएको तालिमबाट सिकेका ज्ञानहरू कार्यान्वयनमा ल्याउन आफू सधैँ प्रयासरत रहने बताए ।

    सचिव बन्ने लक्ष्य
    हिम बहादुरका अनुसार, “शाखा अधिकृत बन्न नेपाल सरकारका उपसचिव विजय कुमार शर्मा र सहसचिव उद्धव पुडासैनीको मार्गदर्शन महत्त्वपूर्ण रह्यो ।” कानुन सेवाको तयारी गर्दा कम उमेरका सहकर्मीहरूसँग पढ्नुपर्दा केही असहज भए पनि लक्ष्यप्रतिको दृढताले उनलाई सफल बनायो ।

    शाखा अधिकृत बन्ने सफलता पछि हिम बहादुरको अर्को लक्ष्य सचिव बन्नु हो ।

    हिम बहादुर विकको जीवन कथा संघर्ष, दृढता र प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो । न्याय सेवाको शाखा अधिकृत पदमा पुगेर उनले आफ्नो जीवनको एउटा ठूलो सफलता हासिल गरेका छन् । उनी समाजका लागि प्रेरणाको स्रोत बनेका छन् । न्याय प्रशासनलाई सुधार्न र समृद्ध बनाउन उनी दृढ छन् ।

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend