Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘तेल भिसा’ले तीन दिनमा कति कमायो  ?


११, मंसिर २०८१
  • 186
    SHARES
  • ‘तेल भिसा’ले तीन दिनमा कति कमायो  ?

    काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद देखिएको छ ।

    फिल्मका वितरक करण श्रेष्ठले फिल्मले तीन दिनमा १ करोड ३६ लाख कमाएको बताएका छन् । फिल्मले शुक्रबार, शनिबार र आइतबारमा यति कमाएको हो ।

    वितरक श्रेष्ठले सोमबार पनि फिल्मले राम्रो व्यवसाय गरेको र त्यसको विवरण सार्वजनिक हुन बाँकी रहेको बताए ।

    ‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे हुन् । फिल्मको वर्डअफ माउथका कारण मंगलबारबाट व्यवसाय अझै बढ्ने अनुमान गरिएको छ ।

    शंकर घिमिरे निर्देशित फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै फिल्ममा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ ।

    वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend