Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ


१३, मंसिर २०८१
  • 134
    SHARES
  • क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

    बारा । रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरि कुशवाहालाई सार्वजनिक गरेको हो । कुशवाहालाई मोरङको विराटनगरबाट बुधबार राती ८ बजेतीर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    नेपाल प्रहरीको प्रधान कार्यालय, मधेस प्रदेशको कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटी गएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

    आदर्शकोतवाल गाउपालिका वडा नं.२ खजुरीया स्थित आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा जेठ ३२ गते साँझ पाँच बजेको समयमा क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या भएको थियो ।

    घटनाको अनुसन्धानका क्रममा आदर्शकोतवाल गाउपालिका वडा नं.२ घर भएका नेपाली सेनाका भगौडा वर्ष ४१ का सुरेन्द्र प्रसाद कुशवाहकसहित १७ जना व्यक्तिहरू एकिकृत भई क्याम्पस प्रमुखको गोली हानी कर्तव्य गरी हत्या गरेको खुल्न आएको प्रहरी उपरिक्षक खडकाले बताए ।

    पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी मध्ये राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेको र बाँकी ८ जनालाई पुर्पक्षको लागि कारागार पठाइएको प्रहरी उपरीक्षक खड्काले बताए ।

    घटनामा प्रयोग भएका हतियार पेस्तोल थान–२, गोली थान– ७ राउण्ड, मोटरसाइकल थान – ४, मोबाइल थान– ४ थान, ल्यापटप थान– २, सिम कार्ड थान– ७ बरामद भएको प्रहरीले जनाएको छ ।

    मुख्य अभियुक्त सुरेन्द्र प्रसाद कुशवाहा कहिले भारतको विभिन्न ठाउँमा कहिले नेपालको विभिन्न ठाउँमा लुकिछिपी बस्दै आइरहेका थिए । निज अभियुक्तहरूलाई ज्यान सम्बन्धि र हातहतियार खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाई समेत पुरा भएको प्रहरीको भनाई रहेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend