Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवलका मुख्य यी तीन चोकमा ट्राफिक लाइट जडान हुने


१४, मंसिर २०८१
  • 233
    SHARES
  • बुटवलका मुख्य यी तीन चोकमा ट्राफिक लाइट जडान हुने

    बुटवल । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चोकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमाइस्ट लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

    उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्न सकिने बताए ।

    सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउदै उनले दोस्रो चरणमा ट्राफिक लाइट जडान गर्न लागिएको उल्लेख गरे ।

    कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

    बुटवलको कालिका चोकमा बिगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उनले ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास ब्यक्त गरे ।

    उपमहानगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपैयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाग्रह महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए ।

    बजारको सुरक्षाका लागि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४,५,६,९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गर्ने कार्य भइरहेको उनले बताए ।

    ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न गर्न तीन महिनाको म्याद भए पनि १५ भित्रमा काम सम्पन्न गर्ने निर्माण कम्पनीले आश्वासन दिएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी गराए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend