Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पशुपति विकास कोषलाई उच्चको आदेश, ‘मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउनु’


१४, मंसिर २०८१
  • 236
    SHARES
  • पशुपति विकास कोषलाई उच्चको आदेश, ‘मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउनु’

    काठमाडौं । उच्च अदालत पाटनले मारवाडी सेवा समितिको काम कारबाहीमा रोक नलगाउन पशुपति क्षेत्र विकास कोषको नाममा आदेश जारी गरेको छ ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले पशुपति विकास कोष सञ्चालक परिषद्ले गरेको निर्णय नं. २ र कोष र काठमाडौं महानगरबीच भएको सहमति हाललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

    पशुपति विकास कोषले मारवाडी सेवा समितिसँगको करार भंग गरी काठमाडौं महानगरपालिकालाई सञ्चालनका अनुमति दिएको थियो । करार भंग गर्ने पशुपति विकास कोषको निर्णयविरुद्ध मारवाडी सेवा समाजले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सो मुद्दामा काठमाडौं जिल्ला अदालतले पशुपति विकास कोषको पक्षमा फैसला गरेको थियो । फैसलापश्चत मारवाडी सेवा समाजलाई पुनरावेदन गर्ने अधिकार रहेको अवस्थामै फैसला कार्यान्वयन गराउन खोजिनु न्यायसंगत नरहेको उच्चको ठहर छ ।Pashupati-1-590x768.jpgPashupati-2-642x768.jpg

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend