Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनामा गएकाहरु तारेखमा छुट्न पाउनुपर्ने निवेदन लिएर उच्च अदालतमा


३१, असार २०८०
  • 105
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणः थुनामा गएकाहरु तारेखमा छुट्न पाउनुपर्ने निवेदन लिएर उच्च अदालतमा

    काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका केही व्यक्तिहरु जिल्ला अदालतको आदेश बदरको माग तथा साधारण तारेखमा छुट्न पाउनुपर्ने निवेदन लिएर उच्च अदालत पाटनमा पुगेका छन् । आफूहरुलाई बिना कारण अभियोग लगाएर थुनामा पठाइएको भन्दै काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी सामान्य तारिखमा छुटाउन आदेश जारी हुनुपर्ने माग गर्दै केही व्यक्तिहरु उच्च अदालत पुगिसकेका हुन् । 

    पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, भुटानी शरणार्थीका अगुवा नेता टेकनाथ रिजाल भने उच्च अदालत जाने तयारीमा रहेका छन् । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । तीमध्ये १६ जनालाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुई जना धरौटी तिरेर छुटेका छन् भने एक जना केशव तुलाधर केही दिनअघि मात्र पक्राउ परेका हुन् । ३० जनाको नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । 

    अहिलेसम्म ७ आरोपित उच्च अदालत पुगिसकेका छन् । जिल्ला अदालतको आदेशविरुद्ध अहिलेसम्म आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्द चौधरी, डा। इन्द्रजीत राई, सानु भण्डारी र हरिभक्त महर्जनले जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा छाड्नुपर्ने माग गरी उच्च अदालत निवेदन दिएका छन् । 

    साथै धरौटीमा रिहा भएकी लक्ष्मी महर्जनले आफूसँग ५ लाख रुपैयाँ धरौटी मागिएकोमा साधारण तारेखमा छाडिनुपर्ने माग लिएर उच्च अदालतमा पुगेकी छिन् । मर्हजनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । उच्चमा गएकामध्ये केहीको प्रारम्भिक सुनुवाइ गरेर जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसमेत मगाउने आदेश भएको छ । 

    कुन आरोपितलाई के आधारमा थुनेको वा धरौटीमा छाडेको भन्ने विवरण खुलाइएको प्रतिवेदन मगाउने आदेश उच्च अदालत पाटन प्रशासनले गरेको हो । बालकृष्ण खाँण, टोपबहादुर रायमाझीले आफूहरू साधारण तारेकमा छुट्न पाउनु पर्ने कारण सहितका यसअघि अदालतबाट भएका फैसलाका नजिरहरू समेटी ‘अपील’ तयारी गर्ने काममा लागेको स्रोतको दाबी छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि खाँण, रायमाझी र सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई असार १ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।  

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend