Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरणमा सबै निकाय जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड


२१, मंसिर २०८१
  • 317
    SHARES
  • जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरणमा सबै निकाय जिम्मेवार ढंगले लाग्नुपर्नेमा जोड

    गुल्मी । गुल्मीमा सार्वजनिक स्थान र औपचारिक कार्यक्रममा जातीय छुवाछूत र विभेद कम हुँदै गएपनि ब्यक्तिगत र व्यवहारिक रुपमा यस्तो विभेद कायमै रहेकोले न्यूनीकरणका लागि सरोकारवाला निकाय जिम्मेवार ढंगले लाग्नुपर्ने कुरामा सहभागीहरुले जोड दिएका छन ।

    ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सदरमुकाम तम्घासमा आयोजित गुल्मी जिल्लाको समग्र मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त धारण ब्यक्त गरेका हुन । 

    कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले नागरिकको अधिकार संविधानमा लेखेर मात्रै हुँदैन,व्यवहारिक रुपमै कार्यान्वयन गराउन जनप्रतिनिधि र हरेक तहको सरकारी निकाय नागरिक समाज लाग्नुपर्नेमा जोड दिनुभएको थियो । 

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद ज्ञवालीले आयोगको दायित्व र कार्यक्षेत्रबारे प्रकाश पार्दै गुल्मी जिल्लामा मानव अधिकार,जातीय छुवाछुत र विभेदका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

    गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले राजनीतिक र नागरिकका हक संविधानमा लेखिएको भएपनि सो अनुसार पालनाका लागि कानुनमा धेरै सुधारको आवश्यकता रहेको विचार ब्यक्त गर्दै जातीय छुवाछुत र विभेद र मानव अधिकार उलंघनका घटनाका दोषीलाई कारवाहीका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

    सहभागीहरुले यस्ता विभेद हटाउन नजिकको स्थानीयतहको भूमिका बढाउनुपर्ने, सूचना, प्रविधि र सरकारी क्षेत्रबाट प्रवाह गरिने सेवा अपांगतामैत्री बनाउनुपर्ने लगायतका कुरामा जोड दिइएको थियो । 

    सहभागीहरुले विद्यालयमा दरबन्दीको अभाव रहेको,दरबन्दी समतामूलक हिसाबले वितरण हुन नसकेको,दिवा खाजा कार्यक्रम प्रभावकारी नभएको, सरसफाइमा समस्या रहेको,जिल्ला अस्पतालमा बीमामार्फत प्राप्त हुने औषधी प्राप्त गर्न बिरामीलाई समस्या भएको,जिल्लामा निर्माण गरिएका र निर्माधीन १५ शैय्याका अस्पताल अलपत्र अवस्थामा रहेका,नसर्ने रोगको समस्या बढेको, करिब ४ सयको हाराहारीमा रहेका मुटु,मृगौला र क्यान्सरका रोगीहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै सडक बालबालिकाको समस्या लगायत जिल्ल्लाको समग्र मानवअधिकार लगायतका विषयमा समस्या राखेका थिए ।

    इन्सेक गुल्मी प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जिल्लामा मानव अधिकारको आन्दोलन एकीकृत हुन नसकेको भन्दै संगठित रुपमा राज्य संरचनालाई दबाब दिन सक्ने अवस्था नरहेको बताउनुभयो ।

    नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेले अझै पनि मौलिक हक प्रचलन गर्ने अवस्था नरहेको, तीनै तहको सरकारको प्राथमिकतामा मानव अधिकार नपरेको, सरकारी क्षेत्रमा सूचना गोप्य राख्नुपर्ने भन्ने नाममा सूचना लुकाईने गरेको, खानेपानीको ल्यावटेष्ट नगर्ने गरिएको, चाडपर्व लक्षित बजार अनुगमन मात्रै हुने र त्यो अनुगमन पनि प्रभावकारी हुन नसकेको भन्दै मानव अधिकार आयोगलाई हातखुट्टा बाधेर राख्ने नहुने धारणा राख्नु भएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend