कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतले प्रहरीलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ ।