Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाँकेका द्धन्द्धपीडित भन्छन्ः ‘प्रभावकारी उपचारको व्यवस्था हुनुपर्छ’


२३, मंसिर २०८१
  • 170
    SHARES
  • बाँकेका द्धन्द्धपीडित भन्छन्ः ‘प्रभावकारी उपचारको व्यवस्था हुनुपर्छ’

    नेपालगञ्ज (बाँके) । द्वन्द्वकालमा शारीरिक तथा मानसिक यातनाबाट पीडित बनेका बाँकेका द्वन्द्वपीडित अहिले पनि कष्टकर जीउन बिताउन बाध्य छन् ।

    द्वन्द्वकालमा पाएको शारीरिक तथा मानसिक यातनासँगै प्रभावकारी उपचार नपाउँदा समयमा नपाउँदा सास्ती खेप्नुपरेको द्वन्द्वपीडितको भनाइ छ ।

    जिल्लाको कोहलपुर–११ की कलि परियारको अहिले दाँहिने कुहिनाले राम्रोसँग काम गर्न सक्दैन । “मेरो अहिले दाहिने पाटो चल्दैन, चिकित्सकले कुटपिट भएकाले समस्या भएको भन्दै आएका छन्”, उनले भनिन् । आफू अपाङ्ताको अवस्थामा पुगेको भन्दै सरोकार भएकाले प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

    “श्रीमान् अहिले पनि बेपत्ता हुनुहुन्छ, धेरै वर्ष बित्यो । मानसिक पीडा छँदैछ, अहिले शारीरिक पीडा पनि थपिएको छ । औषधि उपचार गर्न कठिनाइ भइरहेको छ । राज्य तथा सरोकार भएका निकायले निःशुल्क औषधि उपचारको व्यवस्था गरे हामी पनि सामान्य जीवन जीउन सक्ने थियौँ”, परियारले भनिन् ।

    द्धन्द्धपीडितको जीविकोपार्जनका लागि आयमूलक सीप विकास, आम्दानीको दिगो स्रोत व्यवस्थापन र स्वास्थ्य उपचारको व्उवस्था हुनुपर्नेमा उनले जोड दिइन् । “अङ्गभङ्ग भएकाहरूको शरीरलाई मलम लगाउन निःशुल्क औषधि, उपचारको व्यवस्थाका साथै आयआर्जनमा जोडिन सीप विकास आवश्यक छ”, उनले भनिन् ।

    राप्तीसोनारी गाउँपालिकाका द्वन्द्वपीडितका घाइते रामरतन थारूले तत्कालीन समयमा विभिन्न यातना पाएर बाँचेको भन्दै औषधि, उपचार नपाउँदा थप सास्ती भइरहेको सुनाए । उनले भने, “द्वन्द्वकालमा पाएको यातनाले अहिले अपाङ्ग भएको छु । दुवै भाँचिएकाले वैशाखीको सहाराले अलिअलि हिँडडुल गर्न सक्छु । उपचारका लागि पैसा छैन, उपचारको व्यवस्थासहित अङ्गभङ्ग भएकाहरूका लागि ‘जीवन निर्वाह भत्ता’ को व्यवस्था गरिनुपर्छ ।”

    द्वन्द्वपीडित थारूले अहिलेसम्म कुनै राहत नपाएको उल्लेख गर्दै वास्तविक पीडितले न्याय पाउनुपर्नेमा जोड दिए । जुनसुकै सरकारी कार्यालयमा काम गर्दा÷गराउँदा द्वन्द्वपीडितलाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै उनले कर छुट, सरकारी तथा निजी अस्पताल निःशुल्क उपचारको व्यवस्थापन गरिदिन सरोकार भएका निकायसँग आग्रह गरे ।

    थारूले भने, “उच्च शिक्षासम्म द्धन्द्धपीडितका छोराछोरीलाई निःशुल्क पढाइको व्यवस्था गरिदिनुपर्छ । क्षतिपूर्तिसहित अन्तरिम राहतको व्यवस्था, कुनै पेसा÷व्यवसाय गर्न चाहनेका लागि बिना धितो ऋणको व्यवस्था गर्नुपर्छ ।” उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक ९टिआरसी० मा असहमति जनाउँदै विधेयक पीडितमैत्री नभएको गुनासो गरे ।

    बैजनाथ गाउँपालिका–८ की विनिता चौधरीले द्वन्द्वकालमा आफ्नो बुवाको हत्या भएपछि शारीरिक तथा मानसिक यातना खेप्नु परेको बताइन् । विसं २०५८ मङ्सिर १७ गते बुवाको हत्या भएपछि आफू मानसिक यातनाले आत्महत्या गर्ने सम्मको अवस्स्थामा पुगेको भन्दै केही अधिकारकर्मीको संरक्षण पाएर उक्त घटना नभएको उल्लेख गरिन् ।

    “मानसिक यातनाले मानिसले भित्रभित्रै रोगी बनाउँछ । मानसिक यातनाले आत्महत्या गर्ने अवस्था पुगेकी थिएँ । आमाले अहिले पनि दैनिक औषधि सेवन गरिरहनुभएको छ”, उनले भनिन् । द्वन्द्वकालमा बुवाको हत्या भएपछि आमामाथि बोक्सीको आरोपमा कुटपितसमेत भएको घटना सुनाउँदै द्वन्द्वपीडितलाई आत्मसम्मानपूर्वक बाच्न दिनुपर्ने उनले माग गरिन् ।

    चौधरीले बुवाको हत्याको कारण थाहा पाउनुपर्ने उल्लेख गर्दै सदनबाट पास भएको टिआरसी विधेयक द्वन्द्वपीडितलाई न्याय दिने किसिमको नभएको टीप्पणी गरिन् । “पीडकलाई कुनै हालतमा छुट दिनुहुँदैन, उनीहरूलाई कानुनी कारबाही हुनुपर्छ”, उनले भनिन् ।

    राप्तीसोनारी–८ का देवबहादुर डिसीले अहिले पनि राम्रोसँग कान सुन्न नसक्ने बताए । द्वन्द्वकालमा आफूमाथि भएको शारीरिक यातनाले उहाँको श्रवणशक्ति कमजोर भएकाले उपकरणको सहारा लिनुपरेको उनले उल्लेख गरे ।

    “शारीरिक यातनाका कारण घाइते र अपाङ्ता भएको हुँ, अब राज्य र सरोकार भएकाले उचित उपचारसहित आम्दानीमूलक सीप विकाससम्बन्धी योजना ल्याएर द्धन्द्धपीडितलाई न्याय दिनुपर्छ”, उनले भने ।

    द्वन्द्वपीडित सञ्जाल बाँकेका अध्यक्षसमेत रहेका डिसीले दोषीमाथि कारबाही हुँदा द्वन्द्वपीडितलाई न्याय हुने उल्लेख गर्दै औषधि उपचारलाई सहज बनाइदिन सरोकार भएका पक्षलाई आग्रह गरे ।

    नेपाल पिस विल्डिङ इनिसिएटिभका कार्यक्रम प्रबन्धक मिबुसा घिमिरेले द्वन्द्वमा भएका गम्भीर प्रकारका घटनाका विषय संवेदनशील भएको औँल्याउँदै पीडितको पक्षमा स्थानीय सरकारबाट विस्तारे असल अभ्यास हुँदै गएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । यस परियोजनाले द्वन्द्वपीडितका पक्षमा लुम्बिनी प्रदेशको बाँके, बर्दिया, रोल्पा र दाङमा काम गर्दै आएको छ ।

    राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारूले द्वन्द्वपीडितका लागि द्वन्द्वपीडित सञ्जाल गठन गरेर निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गरिएको जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालय, बाँकेले अहिलेसम्म एक सय २२ जना अपाङ्ता भएका द्वन्द्वपीडितले राहत लिएको जनाएको छ । साथै ६५ जना द्वन्द्वपीडितले जिल्लामा जीवन निर्वाह भत्तासमेत लिएका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका अनुसार जिल्लामा द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या दुई सय ८४, बेपत्ता ६२ र १४ अङ्गभङ्ग भएका छन् । - रासस

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend