काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा विमानस्थलबाट काठमाडौँ ल्याइएको छ ।
काठमाडौँ विमानस्थलबाट उनलाई फेरि आजै बयानका लागि पर्सा पठाउन लागिएको छ । जसअनुसार उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए ।
पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो । पर्सा प्रहरीले जिल्ला अदालतबाट पक्राउको अनुमति लिइसकेको छ ।