काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्साको वीरगन्ज पुर्याइएको छ ।
लामिछानेलाई सोमबार जहाजमा पोखराबाट काठमाडौं ल्याएर त्यसपछि सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।
पर्साको वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी आरोपमा उजुरी परेपछि गत मंसिर १९ गते रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला अदालत पर्साले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालसहितविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।