Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिल्म प्रदर्शन गर्नुअघि चलचित्र निर्माता संघमा पनि अनिवार्य दर्ता गर्नुपर्ने 


२४, पुस २०८१
  • 134
    SHARES
  • फिल्म प्रदर्शन गर्नुअघि चलचित्र निर्माता संघमा पनि अनिवार्य दर्ता गर्नुपर्ने 

    काठमाडौं । अबदेखि हलमा फिल्म प्रदर्शन गर्नुअघि चलचित्र निर्माता संघमा पनि अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । चलचित्र संघमा वितरकले फिल्म दर्ता गर्दा अनिवार्य निर्माता संघको पनि सिफारिस पेश गर्नुपर्ने सहमति जुटेको छ ।

    मंगलबार प्रदर्शक संस्था चलचित्र संघ र निर्माता संघका कार्यदलबीच यसबारे बैठक भएको थियो । छलफलमा उक्त सहमति जुटेको चलचित्र संघको तर्फबाट कार्यदल संयोजक गोपाल कायस्थ र निर्माता संघका तर्फबाट कार्यदल संयोजक उदय सुब्बाले जानकारी दिए ।

    यो सहमतिपछि निर्मातालाई अनिवार्य संस्थामा दर्ता हुनुपर्ने बाध्यता हुनेछ । अहिले कतिपय निर्माताले सोझै वितरक वा हललाई सम्पर्क गर्दै फिल्म रिलिज गर्ने गरेका थिए ।

    बैठकमा यसअघि चर्चामा आएजस्तो एक सातामा दुई फिल्म रिलिज गर्नेबारे छलफल भएपनि कुनै निर्णय नभएको कार्यदल संयोजक कायस्थले बताए । ‘हामी खुला बजार प्रतिस्पर्धाका पक्षपाती हौं’ उनले भने, ‘यसको जिम्मा हामीले निर्माता संघमा छाडेका छौं । यसबारे कुनै निर्णय भएको छैन ।’

    निर्माता संघका तर्फबाट कार्यदल संयोजक सुब्बाले पनि फिल्म रिलिजको लागि निर्माता संघमा अनिवार्य दर्ता हुनुपर्ने सहमति जुटेको बताए । ‘हामीले रिलिजको लागि संस्थागत प्रणाली अपनाउन खोजेका हौं’ उनले भने ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend