Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्री लेखक सहित ५ सांसद विरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा


२४, पुस २०८१
  • 239
    SHARES
  • गृहमन्त्री लेखक सहित ५ सांसद विरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा

    काठमाडौं । गृहमन्त्री रमेश लेखकसहित ५ जना संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर अदालतको अवहेलना मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्धय नित्यानन्द पाण्डे र अब्दुर लजीम मुसलमानको इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीश पाण्डेय गृहमन्त्री लेखकका आफन्त रहेको हुँदा उनले मुद्दा हेर्न नमानेपछि हेर्न नमिल्नेमा परेको हो ।

    अधिवक्ता यज्ञ प्रसाद अधिकारीले गृहमन्त्री रमेश लेखकसहित सांसदहरु श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेश कुमार वर्तौलाविरुद्ध ०८० पुस २ गते अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए । यसअघि गत भदौंमा सो मुद्दा पेशीमा परेपनि हेर्न नभ्याईनेमा परेको थियो ।

    पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका बारेमा असन्तुष्टि जनाउँदै दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता अधिकारी अदालत पुगेका थिए ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend