Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रविको बयान आज नसकिएमा हिरासत पठाईने


२८, पुस २०८१
  • 100
    SHARES
  • रविको बयान आज नसकिएमा हिरासत पठाईने

    काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मि सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा रास्वपाका सभापति रवि लामिछानेको बयान चलिरहेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको बयान चलिरहेको हो ।

    लामिछाने गत बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले रविसहित सातै जना प्रतिवादीलाई धरौटीमा छाडेको थियो । रवि ६५ लाख धरौटी तिरेर आज जिल्ला अदालत आफैं हाजिर हुने शर्तमा छुटेका थिए ।

    बिहीबारको शर्तअनुरुप नै लामिछाने बिहान ९ बजेनै जिल्ला अदालत हाजिर भएका छन । ९ बजेनै जिल्ला अदालत पुगेपछि लामिछानेको बयान ढिलो गरि सुरु भएको छ । अदालत स्रोतका अनुसार रविको बयान आज नसकिएमा हिरासतमा पठाईनेछ । बयान सकिएमा भने थुनछेक बहस सुरु हुने अदालत स्रोतको भनाइ छ ।

    उनीहरुविरुद्ध संगठितरूपमा ठगी गरेको विषयमा सुमन खनाल समेतको जाहेरीले नेपाल सरकार वादी भएर मुद्दा चलेको छ । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

    सो सहकारीबाट गोर्खा मिडियामा ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

    पोखराको सूर्य दर्शन सहकारी ठगीमा कात्तिक २ गतेदेखि प्रहरीको हिरासतमा रहेका लामिछाने गत बिहीबार न्यायाधीश नीतिज राईको इजलासको आदेश अनुसार बिहीबार राती परिवारको साथमा छुटेका थियो । सो सहकारीमा मुछिएका सातै जनालाई धरौटी माग गरिएको थियो । कास्कीबाट छुटेका रविविरुद्ध अब काठमाडौं सहित चितवन, रुपन्देही र पर्सामा पनि मुद्दा दायर हुँदैछ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend