Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बन्दी प्रत्यक्षीकरणको रिट ढुंगाना र सुवेदीको इजलासमा


१, साउन २०८०
  • 111
    SHARES
  • बन्दी प्रत्यक्षीकरणको रिट ढुंगाना र सुवेदीको इजलासमा

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सोमबार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वयस् प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुन लागेको हो।

    सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले धरौटीमा रिहा हुनुपर्ने माग राख्दै बन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन्।

    सर्वोच्चले आइतबार धरौटीमा रिहा हुनुपर्ने माग गरेर दायर गरेको रिटको पेसी सोमबार राख्न आदेश दिएको थियो। हिजो न्यायाधीश द्वयः शुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासमा हेर्न नभ्याएको अर्को दिनका लागि पेसी तोक्ने आदेश गरेको थियो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यस प्रकरणमा हालसम्म १७ जनालाई पक्राउ गरिसकेको छ। आजै मात्र ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न ब्युरोले अनुमति पाएको छ। यस प्रकरणमा पक्राउ परेकाहरू २० दिनदेखि हिरासतमा छन्। उनीहरूविरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend