Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भैरहवामा दिगो फोहोर मैला ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न


१९, माघ २०८१
  • 170
    SHARES
  • भैरहवामा दिगो फोहोर मैला ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

    भैरहवा । मानव अधिकारका लागि महिला,एकल महिला समूह काठमाडौं र खालीसिसि म्यानेजमेन्ट प्रा.लि काठमाडौंको आयोजना तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको आर्थिक सहयोगमा रुपन्देहीको भैरहवामा शुक्रवार दिगो फोहोर मैला ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

    कम्युनिटि आउटरिच अफिसर रुबिना थपलियाको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि श्रेष्ठले तालिमबाट सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । उहाले फोहोरलाई ब्यवस्थापन गर्न सके मात्र फोहोरबाट पनि मोहोर कमाउन सकिने जोड दिनु भयो । उहाले घरबाट निस्किने फोहोर जथाभावी फाल्नाले स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकोले फोहोरलाई छुटयाएर ब्यवस्थापन गर्न आग्रह गर्नु भएको छ । 

    यस्तै गरि कार्यक्रमको सहजीकरण गर्दै कम्युनिटि आउटरिच अफिसर रुबिना थपलियाले दिगो रुपमा फोहोर मैलाको ब्यवस्थापन कसरी गर्ने, फोहोर प्रती स्थानीयको बुझाइ, भैरहवामा फोहोर उत्पादनको अवस्था,फोहोर संकलन र ब्यवस्थापन र यसको प्रमुख चुनौती , यसले मानवीय स्वास्थ्यमा पारेको प्रभाव लगायतको बिषयमा सहजीकरण गर्दै घरबाट निस्किने अधिकांस फोहोरलाई छुटयाएर पनि आर्थिक आम्दानी गर्न सकिने बताउनु भएको छ । उहाले कुहिने फोहोरलाई मल बनाएर करेसाबारीमा समेत प्रयोग गर्न सकिने भएकोले फोहोरलाई जथाभावी नफाल्न आग्रह गर्नु भएको थियो ।

    तालिममा सहभागीहरुले फोहोर ब्यवस्थापन कसरी गर्ने लगायतको बिषयमा धेरै कुरा सिक्न पाएको बताउदै सिकेका कुराहरु ब्यवहारमा उतार्ने प्रतिबद्धता समेत गरेका छ्न । उनिहरुले अझै पनि यस्तो तालिमको आवश्यकता भएकोले तालिम संगै महिलाहरुलाई रोजगारी संग जोडन समेत आग्रह गरेका थिए ।

    तालिममा खालीसिसि म्यानेजमेन्ट प्रा.लि रुपन्देहीको समन्वय अधिकारी मुना भट्टराई , सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष दामोदर शर्मा घिमिरे , समाजसेवी लेखनाथ भट्टराई लगायत तीस जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend