रोल्पा । लुम्बिनी प्रदेशका सांसद दिपेन्द्र कुमार पुनले खेलाडीले नकारात्मक पक्ष त्याग्नु पर्ने बताएका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका स्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ लाई शुक्रबार शहिद स्मृति रंगशाला परिवर्तन गाउँपालिका-५ धामाचौरमा उद्घाटन कार्यक्रममा सांसद पुनले यस्तो कुरा बताएका हुन ।
कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका सांसद पुनले खेल खेल्दा सधैं सकारात्मक हुँदा हुँदै पनि कहिले खेलाडीहरुबाट नकारात्मक हुन् जाने भएकोले खेलमा नकारात्मक पक्षलाई त्याग्नु पर्छ-उनलेे भने । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका खेलाडी भाइबहिनीलाई जीतको हार्दिक शुभकामना छ-सांसद पुनले भने ।
अबको केही समयमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता थबाङ गाउँपालिकामा हुँदै छ,"त्यो प्रतियोगितामा पनि परिवर्तन गाउँपालिकाबाट प्रतिस्पर्धा गरेर उत्कृष्ट खेलाडीहरु छनोट भएर सहभागी हुँदै हुनुहुन्छ भन्ने मलाई लाग्छ,"सांसद पुनले भने । आजको जमाना आईटी र एआईटिको जमाना,प्रविधिको जमाना र स्मार्ट जमाना समेत भएको जिकिर गरे ।
हिजो रुखका बुटामुनी बसेर पढथे आज आधुनिक भवन छ,शिक्षक छ तर शिक्षाको नजिता ठिक छैन-सांसद पुनले भने । देश भित्र सपना नदेखेर ठूला राष्ट्रमा सपना देख्नेहरु अहिले स्वदेश फर्किने अवस्था आएको जिकिर गर्दै ठूला सपना देखेर अमेरिका गएकाहरु स्वदेश फर्किने अवस्था आएको छ,"नेपालबाट ७० देखि ८० लाख रकम लगाएर अमेरिका गएकाहरुको अवस्था स्वदेश फर्किए पछी के हुन्छ चिन्ताको विषय बनेको छ,"सांसद पुनले भने ।
अरुको देशको सपना नदेखेर आफ्नो देशको सपना देखेर खेलाडी,शिक्षक अन्य दक्ष जनशक्ति बन्ने गरेर विद्यार्थी लाग्नुपर्ने धारणा समेत उनले व्यक्त गरेका थिए ।