Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजामती कर्मचारी संगठन नवलपुरको अध्यक्षमा पुन : पोख्रेल निर्वाचित


१९, माघ २०८१
  • 293
    SHARES
  • निजामती कर्मचारी संगठन नवलपुरको अध्यक्षमा पुन : पोख्रेल निर्वाचित

    नवलपुर । नेपाल निजामती कर्मचारी संगठन नवलपुरको अध्यक्षमा पुन कमलप्रसाद पोख्रेल चयन हुनुभएको छ ।

    कावासोतीमा आज भएको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा जिवन घिमिरे, महिला उपाध्यक्षमा मञ्जुदेवी पाण्डे, सचिवमा रामचन्द्र खड्का, सह सचिवमा बुद्धि प्रसाद सुवेदी र कोषाध्यक्षमा कुसुम खड्का चयन हुनुभएको छ ।

    समितिको सदस्यहरुमा दिनेश केसी, राजु गौतम,सुमन पौडेल,निर्मला कँडेल ,शाेभ बहादुर कुमाल,शिशिर लम्साल, याम प्रसाद शर्मा पाैडेल र गंगा भुसाल चयन हुनुभएको छ ।

    केन्द्रिय प्रतिनिधितर्फ बिष्णुप्रसाद शर्मा ,राधिका सापकोटा, राजेन्द्र प्रसाद शर्मा, प्रदेश प्रतिनिधी तर्फ देवेन्द्र गौतम, बिष्णु गिरी, सरीता अर्याल, मधुसुधन लामिछाने चयन हुनुभएको छ ।

    अधिवेशनको उद्धघाटन सत्र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य तेज प्रसाद निउरेको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् नवलपुर इन्चार्ज  केशवराज भट्टराई, सेवा निवृत्त कर्मचारी समाज नवलपुरका अध्यक्ष डा.नरनाथ पाण्डे ,सेवा निवृत्त कर्मचारी समाज कावासाेती नगर अध्यक्ष राजेन्द्र प्रसाद देवकाेटा  लगायतको  उपस्थितीमा भएको थियो ।

    उद्घाटन सत्रमा बोल्दै केन्द्रिय  सचिवालय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि तेज प्रसाद निउरेले संघिय निजामती सेवा ऐन तत्काल जारी गर्न संगठनले सरकारलाई दबाब दिइरहेको बताउनुभयो । उहाँले स्थानीय तह ,प्रदेश र संघका सबै कर्मचारीलाई निजामती कर्मचारी भित्र राख्नुपर्ने समेत बताउनुभयो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend