Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फिल्म ‘सारंग’को ‘मेरो बाबा मेरो आमा’ गीत सार्वजनिक 


२१, माघ २०८१
  • 160
    SHARES
  • फिल्म ‘सारंग’को ‘मेरो बाबा मेरो आमा’ गीत सार्वजनिक 

    काठमाडौँ । यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो ‘सारंग’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ सार्वजनिक गरेको छ ।

    गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल)को संगीत छ ।

    मर्मस्पर्शी भावको गीतमा बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको बखान छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार ऋचा शर्मा, उत्पल झा र आदित्य कार्की देखिएका छन् । आदित्यले विद्यालयको अभिभावक दिवसमा गीतमार्फत बुबाआमाप्रति व्यक्त गरेको भावलाई दृश्यमा उतारिएको छ ।

    भिडियोको अन्तिममा आदित्यले गाएको गीतले ऋचा भाव विह्वल भएको देख्न सकिन्छ । फिल्ममा ऋचा आमाको भूमिकामा छिन् ।

    प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको फिल्ममा फिल्ममा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी लगायतको पनि अभिनय छ ।

    दर्शन बुद्ध फिल्मसको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह–निर्माता रहेको फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ । फिल्मले बालमनोविज्ञान र धनी–गरिबबिचको खाडलको कथा देखाउने निर्देशक तामाङले बताए ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend