Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२१, माघ २०८१
  • 207
    SHARES
  • विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    गुल्मीस्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    गलत लिखत तयार एवं गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर भएको उनको भनाइ छ ।

    शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शिक्षक छनोटको कुनै कानुनी प्रक्रिया पूरा नगरी असम्बन्धित व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको, निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिकामा पेस गरी गैर कानुनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ट तलब बुझेको पाइएको अख्तियारको भनाइ छ ।

    सापकोटासहित तत्कालीन प्रधानाध्यापक तथा सदस्य सचिव मित्रलाल पाण्डे, कर्मचारी प्रेम नारायण पाण्डेय, व्यवस्थापन समितिका तत्कालीन सदस्यहरू वेदबहादुर राना मगर, लक्ष्मी भण्डारी न्यौपाने, पदमपानी पाण्डे, सरस्वती पाण्डे, ईश्वरा दर्लामी र बलबहादुर न्यौपानेलाई प्रतिवादी बनाएर कसुर तथा सजायको मागदाबी लिई मुद्दा दायर गरिएको भन्दै घिमिरेले प्रतिवादीहरूसँग ८ लाख ८७ हजार ८८० बिगो माग गरिएको जानकारी दिए । 

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend