Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिन्छ : परराष्ट्रमन्त्री देउवा


२२, माघ २०८१
  • 158
    SHARES
  • गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिन्छ : परराष्ट्रमन्त्री देउवा

    काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी छिन् ।

    मन्त्री देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलसँग मन्त्रालयको कार्यकक्षमा छलफल गर्दै गैरआवासीय नेपाली नागरिकता दिएकाहरूलाई १० वर्षे भिसा प्रणाली अस्थाई प्रबन्ध नभएको बताउँदै संसदमा प्रस्तुत हुने प्रतिस्थापन विधेयकमार्फत गैरआवासीय नेपाली नागरिकता लिएपछि भिसा लिन नपर्ने व्यवस्था गरिने प्रतिबद्धता जनाएकी हुन्।

    उक्त भेटमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले एनआरएनए ऐनलाई छिट्टै संसदमा लैजान अनुरोध समेत गरे। सो क्रममा परराष्ट्रमन्त्रीले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवादका सम्बन्धमा मन्त्रालयले कानूनी माध्यमबाट निकास दिने बताइन्।

    उनले सर्वोच्च अदालतले दिएका दुवै फैसलालाई आधार बनाएर महान्यायाधिवक्ताको सुझावका आधारमा मन्त्रालयले संघको विवादमा निकास निकाल्ने बताइन्।

    अध्यक्ष डा. केसीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले मन्त्री देउवालाई गैरआवासीय नेपाली संघको थाइल्याण्डमा हुने युवा सम्मेलन र कम्बोडियामा हुने क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रूप सहभागी हुन पनि निमन्त्रणा दिएको छ ।

    मन्त्री देउवाले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेर सबै पक्षलाई मन्त्रालयमा बोलाएर अनौपचारिक बैठकमार्फत समस्याको समाधान खोज्ने जिकिर गरेकी छिन्।

    प्रतिनिधि मण्डलमा संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सहकोषाध्यक्ष कृष्ण तिमल्सीना र एशिया प्यासिफिक क्षेत्रीय संयोजक हरि भट्टराई सहभागी थिए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend