Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चितवनमा रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता


२२, माघ २०८१
  • 156
    SHARES
  • चितवनमा रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता

    चितवन । चितवनमा रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    साहारा सहकारी ठगी प्रकरणमा आज लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

    चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले यसअघि असोज ८ गते सहकारी ठगीमा संलग्न १७ जना तथा आज थप १५ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरेको हो ।

    अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ ।

    जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ । स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend