Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक 


२२, माघ २०८१
  • 161
    SHARES
  • ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक 

    काठमाडौं । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान खिच्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ ।

    ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौँदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यो कविताले पनि फिल्मले कस्तो भन्न खोजेको हो बुझ्न सकिन्छ ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

    रामजी लामिछानेको कोरियोग्राफी रहेको यो फिल्ममा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय छ ।

    क्लर्क वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ ।

    सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend