Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश


२४, माघ २०८१
  • 145
    SHARES
  • रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

    काठमाडौँ । चितवन जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उनलाई अदालतले साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएसँगै धरौटीमा रिहा गर्न आदेश भएको सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार मुद्दामा सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए ।

    यसैगरी जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र आरसी गौतम र सुनिता अधिकारीले बहस गरेका थिए ।

    त्यस्तै प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा तथा अधिवक्ताहरू रामाचन्द्र देवकोटा र डा.नारायणदत्त कंडेलले बहस गरेको विश्वकर्माले जानकारी दिए ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend