Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्लाही घटनाबारे छानबिन समिति बनाउनुपर्ने नाडजोनको माग


२४, माघ २०८१
  • 151
    SHARES
  • सर्लाही घटनाबारे छानबिन समिति बनाउनुपर्ने नाडजोनको माग

    काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालले (नाडजोन) सर्लाही घटनाबारे छानबिन गर्न ‘उच्चस्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ ।

    नाडजोनका अध्यक्ष तथा सभासद् विनोद पहाडीले आज प्रेस विज्ञप्ती जारी गरी सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारबीचको बैधानिक प्रेम विवाहलाई सहन गर्न नसकी सरकारका उच्च अधिकारीको संलग्नतामा उनीहरुप्रति गरिएको मानवता विरोधी व्यवहार र अन्यायपूर्ण ढङ्गले गरिएको कार्वाहीप्रति खेद प्रकट गर्दै अविलम्ब संसदीय वा उच्चस्तरीय छानविन समिति गठन गरि कार्वाही अगाडी बढाउनुपर्ने माग गर्नुभयो ।

    ‘सर्लाहीका अन्तरजातीय विवाहीत जोडीमाथी नेपालको संविधान ऐन कानून विपरित गरिएको भेदभावजन्य व्यवहार र दमनको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, घटनामा जोडिएको गृह प्रसाशन, प्रहरी अधिकारीको भूमिकाको निष्पक्ष छानविन गरी घटनामा संलग्न दोषीलाई कानूनी कार्वाही अघि बढाउन र आमसञ्चार माध्यममा सरकारका गृहमन्त्री समेतको संलग्नता भनि आएको सवाललाई सरकार र संसदले गम्भिर रुपले लियोस्‌’, विज्ञप्तीमा भनिएको छ ।

    नाडजोनले सो घटनाको सवालमा ऐक्यबद्धता जनाउन न्यायप्रेमी, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ता, राजनीतिककर्मी तथा सरोकारवालासँग अपिल गर्दै पीडितलाई न्याय निरुपण नगरी दोषीलाई संरक्षण गर्ने प्रवृत्ति दोहोरिएमा सशक्त सङ्घर्ष गर्ने समेत जनाएको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend