Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध अर्को मुद्दा दायर


२७, माघ २०८१
  • 231
    SHARES
  • नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध अर्को मुद्दा दायर

    काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध अर्को मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरूमा सामेल भएर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।

    यस सम्बन्धमा अनुसन्धान हुँदा बस्नेत र उनका परिवारले जाँच अवधिमा कूल उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ पच्चीस पैसा वैध आर्जन गरेको देखिएको घिमिरेको भनाइ छ ।

    जबकी उनले अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा खर्च तथा लगानी गरेको देखिएको घिमिरेले जानकारी दिए ।

    यस आधारमा निजको जाँच अवधिको कूलरसमग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक हुन गई जाँच अवधिमा आठ करोड उन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ र उन्सत्तरी पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएसँगै सोही रकम बराबरको बिगो र जरिवाना मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेको भनाइ छ ।

    यसअघि उनीविरुद्ध  ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend