Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठकले गर्यो तीन विधेयक पारित


२८, माघ २०८१
  • 278
    SHARES
  • रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठकले गर्यो तीन विधेयक पारित

    गुल्मी । रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठकले तीन विधेयक सर्वसम्मत पारित गरेको छ ।

    आइतबार तम्घासमा बसेको  रेसुंगा नगरपालिकको १६ औं नगरसभाको दोस्रो  बैठकले तीनवटा विधेयक पारित गरेको हो । 

    रेसुंगा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले निर्णयार्थ पेश गर्नुभएको पर्यटन विकास विधेयक २०८१, रेसुंगा नगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ र रेसुंगा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ नगरसभामा सर्वसम्मत पारित भएको हो । 

    पौष ९ गते सम्पन्न पहिलो बैठकमा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले पौष ९ गते सम्पन्न पहिलो बैठकमा यी तीनवटा विधेयक नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

    छलफल र अध्ययन पछि आजको बैठकमा रेसुंगा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले विधेयक पारितका लागि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

    रेसुंगा नगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०८१ मा सभासदस्य यज्ञमूर्ती थापा श्रीसले नगरपालिका भित्र सञ्चालन गरिने मेला, महोत्सवको आय अग्रिम नगरपालिकालाई बुझाउनुपर्ने सुझाव सहित सर्वसम्मत पास भएको थियो। 

    त्यस्तै नगरसभामा प्रस्तुत भएको रेसुंगा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ मा नगर सभासदस्य कृष्णप्रसाद भण्डारीले सुझाव पेश गर्नुभएको थियो ।

    सभामा बोल्ने वक्ताहरुले रेसुंगा नगरपालिका तम्घास बजारको फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ सानो भएकोले यसको समयमै अध्ययन गरि समस्याको समाधानका लागि सुझाव प्रस्तुत गर्नुभएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend