Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कार्यसम्पादन मूल्याङ्कनमा परिवर्तन गाउँपालिका उत्कृष्ट


१, फागुन २०८१
  • 176
    SHARES
  • कार्यसम्पादन मूल्याङ्कनमा परिवर्तन गाउँपालिका उत्कृष्ट

    होलेरी (रोल्पा) । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्याङ्कन अनुसार रोल्पाको परिवर्तन गाउँपालिका उत्कृष्ट देखिएको छ ।

    जिल्लाका १० स्थानीय तहमध्ये परिवर्तन गाउँपालिकाले ६८ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने सुनिलस्मृति गाउँपालिकाले ६६ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो स्थानमा छ ।

    यस्तै, लुङ्ग्री गाउँपालिकाले ६४, रोल्पा नगरपालिकाले ६२ दशमलव ८ प्रतिशत, गंगादेव गाउँपालिकाले ६० दशमलव ४ प्रतिशत, थवाङ गाउँपालिकाले ५९ दशमलव २ प्रतिशत अङ्क पाएका छन् । त्रिवेणी गाउँपालिकाले ५६ दशमलव ८ प्रतिशत, सुनछहरी गाउँपालिकाले ५६ दशमलव ३ प्रतिशत, माडी गाउँपालिकाले ५२ दशमलव ४ प्रतिशत र रुन्टीगढी गाउँपालिकाले ५० दशमलव ५ प्रतिशत अङ्क पाएका छन् ।

    आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्क हुने गर्दछ ।

    ‘‘सुशासन, समन्वय, पूर्वाधार, न्यायीक कुराहरु पनि हुन्छन् ।,’’ परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जिएमले भन्नुभयो, ‘‘शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुार पनि हुन्छ । नीति, नियम, कानुन बमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।’’

    उहाँले थप्दै भन्नुभयो, ‘‘शिक्षा र स्वास्थ्यमा उच्चतम हाशिल गर्ने हो, त्यसमा लगानी कती छ । त्यस्ता खालका कुरामा लगानी गर्दाखेरी उच्चम नम्बर आउने हो की भन्ने लाग्छ । किन भने हाम्रो गाउँपालिकाले शिक्षामा अलि धेरै लगानी गरेको छ, स्वास्थ्यमा त्यही अनुसारकै लगानी गरिरहेका छौं । शिक्षा, स्वास्थ्यका अङ्कसँगै, भौतिक पूर्वाधार, लेखाका सुत्र प्रणाली, बेरुजुका न्युकिरण ति सबैले गर्दाखेरी यस्तो अङ्क हासिल गर्न सकिन्छ ।’’

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend