रुपन्देही । रुपन्देहीको शुद्धोदन गाउँपालिकाले एकीकृत घुम्ती शिविर-२०८१ सम्पन्न गरेको छ ।
गाउँपालिकाले सोमबार जनता मा. वि. शुद्धोदन-७, मटेरियामा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
प्रदान गरिने सेवाहरूः
१) विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण साथै मधुमेह तथा पिसाब परिक्षण,
२) विशेषज्ञद्वारा पशुपंक्षी जाँच तथा निःशुल्क औषधी वितरण साथै गोबर तथा थुनेलो परीक्षण र पशु बन्ध्याकरण तथा कृत्रिम गर्भाधान सेवा,
३) विशेषज्ञद्वारा आयुर्वेद उपचार तथा निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा रसायन औषधी निःशुल्क वितरण, सुत्केरी आमाको स्वास्थ्य परीक्षण एवम् पोषणजन्य औषधी वितरण सेवा,
४ ५) ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा निःशुल्क कपडा वितरण,
) कृषि बाली उपचार सेवा तथा निःशुल्क औषधी वितरण, मिनिकिट वितरण, उत्कृष्ट कृषक सम्मान तथा प्रोत्साहन,
६) व्यवसाय दर्ता तथा नवीकरण र
७) निःशुल्क दृष्टि (आँखा) परीक्षण सेवा ।
एकीकृत घुम्ती शिविर कार्यक्रम शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मानपकडी, रुपन्देहीको आयोजनामा सम्पन्न भएको थियो ।