Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राना समुदायमा ‘सावनको डोला’को रौनक


२, साउन २०८०
  • 139
    SHARES
  • राना समुदायमा ‘सावनको डोला’को रौनक
    कञ्चनपुर । कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारू समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ ।
     
    यस वर्ष मलामासका कारण भदौ २ गते तीज मनाउने निर्णय गरे पनि त्यसअघी परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् । भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गते नै राना गाउँमा सावनको डोला ९पिङ० हालेको बताउनुभयो । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व यस वर्ष मलामासका कारण भदौ २ गते मनाउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।” उहाँले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए ।
     
    राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरुको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको राजमती रानाले बताए ।  छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिना अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको रानाले जानकारी दिए । “हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ,” राजमतीले भने , “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् । 
     
    “राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन्”, समुदायका जानकार सेटसिंह रानाले भने “बदलिँदो समयसँगै हाम्रा पर्वहरु पनि लोप हुन थालेका छन् ।” उनले  अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताए । “अहिलेका युवालाई यसप्रति चासो छैन धेरै रोजगारीका लागि बाहिर छन्”, उनले भने , “हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन् यसको पुस्तान्तरण हुनु जरुरी छ ।”

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend