Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ


७, फागुन २०८१
  • 238
    SHARES
  • प्रकृति लम्सालको शव नेपाल ल्याईंदै, प्रेमी भनिएका श्रीवास्तवसहित ६ जना पक्राउ

    काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव आज नेपाल ल्याईने भएको छ ।

    उनको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको र आज साँझसम्म शव रुपन्देहीमा ल्याउने तयारी भएको बताईएको छ ।

    गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

    सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परिसकेका छन् । कलेज प्रशासनले पटक पटक माफी मागेको छ । नेपाली छात्रा मृत फेला परेपछि त्यहाँ अध्ययनरत केही नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । यो विषय संसदमा पनि उठिसकेको छ । उता ओडिसाको विधानसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसका कारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरिय समिति बनाएको छ ।

    भारतीय मिडियाहरुका अनुसार प्रकृतिका प्रेमी भनिएका अडविक श्रीवास्तवसहित ६ जना हाल प्रहरी नियन्त्रणमा छन् । श्रीवास्तवको यातना र टर्चर सहन नसकेर प्रकृतिले आत्महत्या गरेको उनका साथीहरुले आरोप लगाएका छन् । श्रीवास्तव हाल प्रहरीको न्यायीक हिरासतमा छन् ।

    कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ प्रकाउ परेको भारतीय मिडियाहरुले जनाएका छन् । त्यहाँ कार्यरत दुई जना चौकिगार्ड सेवाबाट बर्खास्त भईसकेका छन् भने तीन जना सेवाबाट निलम्बित भएका छन् ।

    कलेजबाट निकालिएका १६ जना नेपाली विद्यार्थी नेपाल फर्किएका छन् । झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू नेपाल फर्किएका हुन् ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend